काठमाडौं, २३ चैत । नेपाल सामु आयरल्यान्ड ए ले दोश्रो एकदिवसीय खेलमा १७५ रनको लक्ष्य प्रस्तुत गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्थित क्रिकेट मैदानमा नेपालले टस जितेर पाहुना टोलीलाई व्याटिङको लागि आमन्त्रण गरेका थिए । आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाउन सके ।
आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका २ छक्का सहित ५० रन बनाए । २०.३ ओभरमा ९४ रनमा ७ विकेट गुमाएको आयरल्यान्डलाई आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भएको थियो ।
नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिए भने रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
नेपाललाई जितका लागि १७५ रन बनाउनुपर्ने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन