गर्मी याममा मानव स्वास्थ्यलाई ध्यान दिनुपर्ने महत्वपुर्ण टिप्पस

50 Shares

गर्मी याममा मानव शरीरलाई बाहिरी र भित्रि रुपमा स्वस्थ्य राख्न आम मानिसहरुले अपनाउनुपर्ने खास क्रियाकलाप हरुमाथि विशेष रुपमा ध्यान राख्नु पर्दछ ।
खानपानको कारण शरिरमा विभिन्न किसिमका रोग व्याधि लाग्ने भएको हुदा सावधानी अपनाउनु पर्दछ किनकि शरिर स्वस्थ्य भएमा मात्रै अन्य कामहरु गर्न सक्दछन् ।
गर्मी होस वा जाडो जुनसुकै मौसममा खाना पचाउनमा रक्तसञ्चारको खास भूमिका हुन्छ । रक्तसञ्चारले नै पेटमा खानेकुराहरु सोस्न र पचाउनमा मद्दत गर्छ । तर यो पाचनक्रिया गर्मी याममा सुस्त गतिमा पुग्छ ।
किनभने मौसमी प्रभावले जब शरीरको तापमान बढ्छ, त्यसलाई सन्तुलनमा राख्नका लागि रक्तप्रवाह अरुतिर पनि सक्रिय हुनुपर्दछ । यसको असरले गर्दा पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ । फलस्वरुप खानेकुरा सहज रुपमा पच्दैन । त्यसबाहेक अरु कारण छन्, जसले गर्दा गर्मीमा अपच हुन्छ ।

पानीको कमी
गर्मीबाट शीतलता दिनका लागि शरीरको प्रतिरोधी संयन्त्रले पसिना उत्पादन गर्छ । यस्तो अवस्थामा शरीरमा पर्याप्त मात्रामा पानीको आवश्यक्ता हुन्छ । जब पानीको कमि हुन्छ, त्यसले पाचन प्रणालीमा प्रभाव पार्छ । खासगरी खानेकुरालाई टुक्राउने र सोस्ने क्रियामा बाधा पुग्छ ।

मसालेदार खाना

मसालेदार र बोसोयुक्त खानेकुराले शरीरको तापक्रम बढाउँछ । यसले गर्दा रक्तसञ्चार पेटमा केन्द्रित हुन पाउँदैन र पाचन क्षमता कमजोर हुन्छ ।

जंकफुड

जंकफुडमा क्यालोरीको मात्रा बढी र पोषणको कमी हुन्छ । यस्तो खानेकुरा यसै पनि पचाउन सहज हुँदैन ।

कसरी बच्ने ?
–गर्मीयाममा बढी पानी पिउनु पर्छ । झोलिलो खानेकुरा खानुपर्छ ।

–पाचनक्रियालाई भार पार्ने किसिमको माछामासु, चिल्लो खानेकुरा सकेसम्म कम खानु पर्छ ।
–सहजै पच्ने, फाइबरयुक्त सागसब्जी र फलफूल बढी खानुपर्छ ।
–खानेकुरा खाँदा राम्ररी चपाएर खाने ।
–दही जस्ता प्रोबायोटिकले खानेकुरा पचाउन सहयोग गर्छ ।
–शारीरिक गतिविधि र व्यायामले पनि पाचनलाई सक्रिय गराउँछ ।
–बिहानको समयमा पचाउने क्षमता बढी हुन्छ र क्रमशः सुस्त हुँदै जान्छ । सोही अनुरुप खानाको मात्रा पनि बिहान पुग्दो र पछि क्रमशः घटाउँदै लैजानुपर्छ ।
–चिया, कफी जस्ता क्याफिनेटेड पेय पदार्थहरु, चुरोट, रक्सीको मात्रा घटाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।