दशै तिहारको लागि असोजको पहिलो साता देखि नयाँ नोट वितरण गरिने

   २८ भाद्र २०७८, सोमबार १८:४४  

तराई टप संवाददाता
रौतहट, २८ भदौं । दशै तिहारको लागि नेपाल राष्ट्र बैंकले असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।
आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने जनाइएको छ ।
प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै