नक्कली डाक्टर र नक्कली होस्पिटल माथि कारवाही कहिले होला सरकार ?

181 Shares

रौतहट, २३ चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाको विभिन्न वडामा संचालनमा भएका मापदण्ड विपरित गैरकानुनी रुपमा नीजि होस्पिटलहरु माथि कारवाही कसले गर्ला ? कहिले होला ? भने प्रश्न चिन्ह् खडा भएका छन् ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्धारा जारी गरिएको परिपत्र अनुसार २८ वटा बुंदामा लेखिएका अनुसारका पूर्वाधार लगायत स्वास्थ्य सम्बन्धी कार्यहरु पुरा गरेमा मात्रै नीजि होस्पिटल संचालन गर्न अनुमती दिने प्रावधान स्पष्ट रुपमा उल्लेख गरिएतापनि गरुडा नगरपालिकामा संचालनमा रहेका आनन्द होस्पिटल प्राली सहितका करिव एक दर्जन होस्पिटलहरु गैरकानुनी रुपमा संचालनमा रहदा समेत सम्बध निकायबाट कारवाही नहुनु दुखद भएको स्थानीयहरुले गुनासो गरेका हुन् ।
नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार सहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै नीजि क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । त्यती मात्रै नभई बर्षभरीको मूल्याँकन फारमको आधारमा नविकरण गर्ने स्पष्ट प्रावधान रहेको भएपनि बिना इजाजत, इजाजत लिएपनि बर्षौ देखि नविकरण नगराएको, बेड राख्ने अनुमती नलिई बेड राखेको, बेड राख्न अनुमती लिएपनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिव असहाय विरामीहरु संग अनावश्यक रुपमा रकम लुट्दै आएका छन् ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगर, गरुडा सिटी हस्पिटल, रौतहट कान्तिबाल मेमोरियल हस्पिटल, रोमा हस्पिटल, हेल्थल्याण्ड हस्पिटल, ग्राण्डी अस्पताल, नेत्रज्योती आँखा अस्पताल, आरोग्य हेल्थ अस्पताल, सनसिटी अस्प्ताल, गरुडा मेडोसेटी हस्पिटल र एडभान्स क्लीनिक गरी एक दर्जन नीजि हस्पिटलहरु पाइएका छन् ।
घतलाग्दो के छ भने आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिए तर नविकरण २०७६ फागुन १३ गते गरेको गरुडा नगरपालिकाको रेकर्डबाट बुझिएको छ । तर आनन्द पोलिक्लीनिक एक्युपञ्चरको रेकर्डमा रहेपनि उक्त हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्राली नाम राखेर बर्षौ देखि संचालन गर्दै विरामीहरु संग रकम लुट्दै आएका छन् । बेड राख्ने प्रक्रिया पुरा नै नगरेर दर्जनौ बेड राखेर विरामीहरुको स्वास्थ्य संग खेलवाड गरिरहेका कथित डाक्टर उमेश प्रसाद जयसवालको गोरखधन्धा दिनप्रतिदिन फस्टाउदै गएका छन । वेलाबखतमा सम्बध निकायलाई आर्थिक चलखेलको बलमा अहिले सम्म विरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएको पीडितहरु बताउँछन् ।
एजेन्टहरु मार्फत पक्षाघात (लकवा) भएका विरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गरी ढाँड सेक्ने कार्य निर्वाध रुपमा संचालनमा रहेको पाइएको छ । उक्त होस्पिटलका संचालक समेत रहेका कथित डाक्टर भनाउने जयसवालले विगत सात बर्ष देखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित गैरकानुनी रुपमा होस्पिटल संचालन गर्दै सम्बध निकायको आँखामा धुलो छर्दै आफ्नो गोरखधन्धा जारी राखेको हुँदा अविलम्ब त्यस्ता होस्पिटलहरु र संचालक माथि स्वास्थ्य ऐन अनुसार कारवाही गर्न स्थानीय बासिन्दाहरुले जोडदार रुपमा माग उठाएका छन् ।
औषधीमा चर्को रकम असुल्न खप्पीस रहेका जयसवालले आफनो विपक्षमा समाचार प्रकाशन नगर्न नगराउन विविन्न स्थान तथा व्यक्तिलाई चहार्दै आएपनि आम मानिसको जीवन संग खेलवाड गर्ने यस्ता नीजि क्षेत्रका स्वास्थ्यका माफियाहरुलाई कारवाही गराउने पक्षमा चर्को जनलहर सुरु हुने ति स्थानीय श्रोतले तराई टपलाई बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।