चाइनामा उइगर मुस्लिम माथि दमन भईरहेको अकरम पठानको दाबी

   २९ भाद्र २०७८, मंगलवार १०:४८  

 

तराई टप संवाददाता
कपिलवस्तु, २९ भदौं । चाइनामा अल्पसंख्यक रुपमा रहेका उइगर मुस्लिम समुदाय माथि चिन सरकारद्धारा दमन, शोषण गर्दै धार्मिक रुपमा बन्देज लागउने कार्य भईरहदा विश्व समुदायको त्यस तर्फ ध्यानाकर्षण गराइएको छ ।ं
चाइनाको विस्तारवादी नितीको चपेटामा परेका उइगर मुस्लिम समुदायको अस्तित्व संकटमा पर्दै गएको हुँदा विश्वका मुस्लिम समुदायहरु चिन विरुद्ध किन बोल्न सकेको छैनन् यतिखेर नेपालको मुस्लिम अगुवाहरुले प्रश्न गरिरहेको हो ।
जनता समाजवादी पार्टी नेपालको कृष्णनगर नगर समितिको प्रथम पूर्ण वैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रमलाई गत आईवार सम्बोधन गर्दै लुम्बनी प्रदेश प्रवक्ता अकरम पठानले चिनमा उइगर मुस्लिम समुदाय माथि दमन गरी रहेको चाइनाले उइगर समुदायको धार्मिक शिक्षामा रोक लगाएको छ तथा धार्मिक साँस्कृतिक सभा गर्नमा बाधा व्यावधान खडा गरेर अनाहकमा अत्याचार गरिरहेको आरोप लगाए ।
उइगर मुस्लिमले पाउनु पर्ने सेवा सुविधाबाट कटौती गरेर मानविय सम्वेदनशिल्ता माथि नै चाईनिज सरकारद्धारा क्रुरता प्रस्तुत गरिरहदा विश्वका मुस्लिम समुदाय किन बोल्न नसकेको होला ? उनले प्रश्न उठाए ।
कष्णनगर उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, लुम्बिनी प्रदेश योजना आयोग सदस्य शिवपुजन यादव पुर्व सांसद तथा जसपा नेपालका केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी र जसपा नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान, सामसेवक यादव, आरती सिंह, जगदम्बा प्रसाद चौधरी, छेदी यादव, राज किशोर यादव, वृजेश कुमार गुप्ता, नदिम अरसद इदरिशी, जीवन श्रीवास्तव, दिपेंद्र चौधरी, मुन्ना लाल यादव, रेखा माली, राजमती केवट, दशरथ यादव लगायत समाजसेवी, बुद्धिजीवी ,पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै