नयाँ दिल्ली, एजेन्सी । अप्रिल ४ मा बेलायतको एक दैनिक पत्रिकाले प्रकाशित गरेको प्रतिवेनमा भारतले आतंकवादीहरुको उन्मुलन गर्न पाकिस्तानमा लक्षित हत्याको आदेश दिएको आरोप विरुद्ध भारतीय विदेशमन्त्रीको गम्भीर ध्यानाकर्षण भई उक्त समाचारको प्रति आपत्ती जनाए ।
बिहीबार, अप्रिल ४ मा बेलायतको एक दैनिकले प्रकाशित गरेको प्रतिवेदनमा भारतले आतंकवादीहरूलाई उन्मूलन गर्न पाकिस्तानमा लक्षित हत्याको आदेश दिएको आरोप लगाएपछि भारतीय विदेशमन्त्री एस जयशंकरले कडा शब्दमा प्रतिवाद गर्दै उक्त आरोपमा कुनै सत्यता नरहेको बताएका हुन् ।
प्रतिवेदनमा भनिएको छ, पाकिस्तानी अधिकारीहरूले यीमध्ये केही घटनाका कागजातहरू प्रस्तुत गरेका छन्, यद्यपि तिनीहरूको प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैनन ।
उल्लेखनीय रूपमा, भारतले जनवरी २५ मा इस्लामाबादमा लक्षित हत्यामा संलग्न भएको पाकिस्तानको आरोपलाई अस्वीकार गरेका छन् । विदेशमन्त्री जयशंकरले अनावश्यक रुपमा अरोप लगाउनु अघि प्रमाणहरु पेश गर्नुपर्छ तर हावा तालमा जे मनमा लाग्यो त्यस्तै भनिहाल्ने पछाडीको उनीहरुको नियत माथि प्रश्न चिन्ह् खडा गरे ।
श्रोतः टाइम्स नाँउ
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन