ठूलो परिमाणमा लागुऔषध सहित नवलपुरबाट दुई युवक पक्राउ

66 Shares

सर्लाही, २४ चैत । सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेका छन् ।
लालबन्दी नगरपालिका वडा नम्वर १ नवलपुरबाट नाइट्राभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित सर्लाही हरिवन नगरपालिका वडा नम्वर ७ चिताइनका २८ बर्षिय पिन्टुकुमार गुप्ता र ३० बर्षिय राजेश सहनीलाई सर्लाही प्रहरीले पक्राउ गरेका हुन् ।
लागुऔषध ब्यूरो वीरगञ्जको सूचनाको आधारमा सर्लाही प्रहरीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकललाई मलंगवाबाट पछ्याउदै नवलपुरमा चेकजाँच गर्दा उक्त ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट सहित पक्राउ गरेको जनाइएको छ ।
उनीहरुले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट तीन हजार पिस लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले भने ।
पछिल्लो समयमा सर्लाही जिल्लाको दक्षिणी नाकाहरुबाट ठूलो परिमाणमा लागुऔषधको ओसारपसार जारी रहेका छन् । लागुऔषध दुव्र्यसनीको रुपमा राजमार्ग छेउछाउका बस्तीहरुमा बदनाम रहेपनि सीमापारी सहजै रुपमा पाइने यस्ता प्रतिबन्धित लागुऔषध ओर्साने कार्यमा संलग्न व्यक्तिहरुलाई निगरानी नगरेका कारण सर्लाही जिल्लाको राजमार्ग लागुऔषधको ट्रान्जीट प्वाइन्ट बन्दै गई युवाहरु कुलत तर्फ भासिदै गएको चिन्ता व्यक्त गरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार