माधव नारायणमा आईटी आर्मीको समिति गठन

   २९ भाद्र २०७८, मंगलवार १८:१३  

तराई टप संवाददाता
रौतहट, २८ भदौ । माधवनारायण नगरपालिकामा आइटी आर्मी नगर कमिटी गठन गरिएको छ ।
माधवनारायण नगरपालिकाको बडा नं ५ मिठुअबामा नेकपाका युवा नेता उपेन्द्र साहको प्रमुख आतिथ्य तथा रामनाथ माझीको सभापतित्वमा सम्पन्न भेलाले भुषण ठाकुरको नेतृत्वमा ५१ सदस्यीय आइटी आर्मीको नगर कमिटी गठन गरिएको हो ।
भेलाले विभिन्न मोर्चा समेत गठन गरेको जनाइएको छ । कोदइ महतोको नेतृत्वमा १०१ सदस्यीय आइटी किसान मोर्चा, सखिया देबीको नेतृत्वमा १०१ सदस्यीय महिला मोर्चा, मनिलाल पासवानको नेतृत्वमा १०१ सदस्यीय दलित मोर्चा, रामाकान्त साहको नेतृत्वमा ५१ सदस्यीय आइटी बुद्धिजीवी मोर्चाको समेत गठन भएको युवा नेता उपेन्द्र साहले जानकारी दिए ।
भेलामा उमाशंकर साह, भगल यादव, पपु साह, रामनारायण यादव, रामएकवाल साह, जयलाल मुखिया, बिकाउ मंसुरी, सुब्बा पासवान, पनिलाल राम, शिबनाथ ठाकुर, लगायत सयौं ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै