रौतहट, २५ चैत । रौतहटको गुजरा नगरपालिकामा ट्रेक्टरको ठक्करबाट मामा घरमा बस्दै आएका एक १३ बर्षिय बालकको मृत्यु भएको छ ।
धनसारबाट जंगलसैया तर्फ आउने क्रममा ना ७ त ७५७ नम्वरको धान काट्ने ट्रेक्टरले गुजरा नपा ४ मुस्लिम टोल स्थित मामाघरमा बस्दै आएका शेख हसमुल्लाको १३ बर्षिया छोरा शेष सहनवाजले साइकलबाट बाटो काट्ने क्रममा आईतवार विहान ७.१५ बजेको सयमा ठक्कर दिदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते बालकलाई तत्कालै उपचारको लागि चन्द्रपुर तर्फ पठाइएकोमा बाटोमै मृत्यु भएको पछि युवकको शवलाई घटनास्थलमा ल्याएर बाटोमा राखी आक्रोशित बनेका ठूलो संख्यामा गाउँलेहरु जंगलसैया धन्सार भित्र सडकलाई अवरुद्ध बनाएका छन् ।
घटनास्थालमा जंगलसैया एफओबीबाट सशस्त्र प्रहरी नायव निरीक्षक जितेन्द्र साहको कमाण्डमा ६ जना र ईप्रका लक्ष्मिनिबाट सिकेन्द्र साहको कमाण्डमा १३ जनाको टोली खटिई गई धानकाट्ने ट्रेक्टरको चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाको हिरासतमा राखिएको तथा ट्रेक्टर घटनास्थलमै नेपाल प्रहरीको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
घटनास्थालमा ठूलो संख्यामा स्थानीयहरु भेला भएर प्रदर्शन गरिरहेको हुँदा कुनै अप्रिय घटना हुन नदिन थप मद्दत सुरक्षा बेश लक्ष्मिनियाबाट सशस्त्र प्रहरी निरीक्षक सुधिर पाण्डेको कमाण्डमा १० जना र सुरक्षा बेश सन्तपुरबाट सशस्त्र प्रहरी नायव उपरिक्षक केशवराज ओलियाको कमाण्डमा १० जनाको टोली खटाइएको सशस्त्र प्रहरीका एसपी हुमागाईले बताए ।
यता नेपाल प्रहरीको इप्रका चन्द्रपुर, गरुडा, कटहरियाबाट समेत प्रहरी परिचालन गरेर अवस्थालाई साम्य बनाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन