काठमाडौ, २५ चैत । निर्वाचन आयोगले उपनिर्वाचनमा शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्न योजना रहेको बताएको हो ।
‘उपनिर्वाचनमा शान्ति सुरक्षा र निर्वाचन ऐन कानुनबारे छलफलका लागि आज आयोगले गृहमन्त्रीसँग छलफल गर्ने भएको छ । उनका अनुसार उपनिर्वाचनको अवस्था, आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा विशेष छलफल हुनेछ । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभाका लागि हुने निर्वाचनमा चैत २८ गतेबाट निर्वाचन आचार संहिता लागु हुँदैछ ।
आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने बताउँदै निर्वाचन आचारसंहिता उपनिर्वाचन हुने जिल्लामा मात्र लागु गर्ने आयोगले तयारी गरेको छ । यस बाहेक आयोगले विदेशमा बस्ने नेपालीको मताधिकारका बारेमा समेत छलफल गर्ने बुझिएका छन ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट