zoom installation failed 10003 - zoom installation failed 10003 zoom app marketplace permissions download zoom miß╗àn ph├¾ zoom app details remote desktop window size settings

रौतहटको एसपीमा विनोद घिमिरेले कार्यभार सम्हाले

   २९ भाद्र २०७८, मंगलवार १८:१६  

तराई टप संवाददाता
रौतहट, २८ भदौ । जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी विनोद घिमिरले कार्यभार सम्हालेको छ ।
तत्कालिन एसपि सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय काठमाडौ तानिएपछि रौतहटका एसपी परिवर्तन गरिएको हो । प्रहरी प्रधान कार्यालय काठमाडौंले सोमबार एसपी विनोद घिमिरेलाई रौतहटमा काज सरुवा गर्ने निर्णय गरेका थिए । रौतहट आउनु भएको एसपी घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।
रौतहटमा सादा पोशाकमा खटिने प्रहरी घुमुवाले लागु औषध राखेर पत्रकारलाई फसाएको घटना छानबिनको क्रममा काठमाडौँ बोलाइएका शाहलाई जुनियर प्रहरी अधिकृत शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालय श्रोतबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै