रौतहट, २५ चैत । जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड सम्हालेका एसपी महेन्द्रकुमार श्रेष्ठको ७ महिनाको अवधीमा पाएको लक्ष्य भन्दा बढि कार्यसम्पादन गरिएको सूचकबाट प्रष्ट भएका छन् ।
कार्य सम्पादन सम्झौता २०८०–०८१ साउन देखि चैत २३ गते सम्म पाएका २० वटा सूचक मध्ये ९० प्रतिशत सूचकमा लक्ष्य भन्दा बढि सफलता हाँसिल गर्न सफल भएका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत विभिन्न तह र तप्काका कर्मचारीहरुलाई समयमा निर्देशित गरेर कार्य सम्पादन मूल्याकनमा एसपी श्रेष्ठको सात महिने कार्यकाल पूर्ण रुपमा सफल रहन पुगे ।
बर्ष भरीमा मुद्दा दर्ता हुँदा कम्तिमा ७० प्रतिशत फर्छौट गर्नुपर्नेमा पछिल्ला ७ महिनाको अवधीमा ३९८ मुद्दा फर्छौट गरेर ५४.५९ प्रतिशत लक्ष्य हासिल गरिएको छ । पेण्डिंग मुद्दामा बार्षिक २० प्रतिशतको लक्ष्यमा ७ महिनामा २१.७३ प्रतिशत, कत्र्तव्य ज्यान मुद्दामा ८५ प्रतिशत बार्षिक लक्ष्यमा ५० प्रतिशत फर्छौट, महिला, बालबालिका तथा जेष्ठ नागरिक तर्फ ६३.१५ प्रतिशत प्रगति, सवारी ज्यान मुद्दा तर्फ ७५.७५ प्रतिशत प्रगति, लागुऔषध मुद्दा तर्फ ८६.३६, विद्युतिय कारोवार मुद्दा तर्फ शतप्रतिश, चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता तर्फ लक्ष्य ८५ प्रतिशत लक्ष्य रहेकोमा ९३.१८ प्रतिशत प्रगति भएको, फैसला कार्यान्यन फरार प्रतिवादी तर्फ २५ प्रतिशत लक्ष्य रहेकोमा १६.२७ प्रतिशत प्रगति भएको एसपी श्रेष्ठले भने ।
यसैगरी मुद्दा चल्ने ४ वटा कार्यालयको हिरासतकक्षमा चार वटै पुस्ताकाल खडा गरेर लक्ष्यको शतप्रतिश पुरा गरेको, भन्सार छली तस्करी विगतको अवस्था भन्दा ५ प्रतिशत यसबर्ष वृद्धि भएकोमा पछिल्लो ७ महिनामा ६६.७२ प्रतिशत प्रगति गरेको, अग्नि नियन्त्रक सामग्री ४० वटा युनिटमा जडान गर्नुपर्नेमा २५ युनिटहरुमा राखेर ६२.५ प्रतिशत लक्ष्य पुरा गरिएको, राजमार्गमा एक थान सिसिटिभ जडान गराएर निगरानी सहितको सुरक्षा चेक प्वाइन्ट स्थापना गर्ने कार्यको पहल भईरहेको एसपी श्रेष्ठ बताए ।
यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम कम्तिमा ५५० पटक लक्ष्य रहेकोमा ५२१ पटक सम्पन्न भइ ९४.७३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ, अल्पसंख्यक संग कार्यक्रम १५ पटक गर्नेमा अहिले सम्म १४ पटक सम्पन्न भई ९३.३३ प्रतिशत लक्ष्य पुरा गरिसकेको, नागरिक सुनवाई कार्यक्रममा ५० प्रतिशत लक्ष्य पुरा गरेको, प्रहरी कर्मचारी विरुद्ध उजुरी दर्तामा शतप्रतिशत लक्ष्य पुरा भएको, मातहत प्रहरी इकाईहरुको स्थलगत सुपरिवेक्षण अनुगमन कम्तिमा एक सय पटक गर्नुपर्ने १९९ पटक गरेको, ट्राफिक कारवाही तर्फ ४१.८८ प्रतिशत लक्ष्य पुरा गरेको छ ।
एसपी श्रेष्ठले आफनो सानो कार्यकालको अवधीमा पाएको जिम्मेवारी पूर्ण रुपमा इमान्दारीका साथ बहन गरेर लक्ष्य भन्दा बढि प्रगति हाँसिल गरेको बताउदै उक्त कार्यमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी कर्मचारी तथा मातहतका युनिटहरुको साथ सहयोगका कारण सफलता प्राप्त गरेकोमा सम्पूर्ण प्रहरी कर्मचारीलाई धन्यवाद दिदै आभार प्रकट गरे । आउदो समयमा पनि यहाँ आउने नयाँ प्रहरी उपरिक्षकलाई साथ सहयोग दिई सफल बनाउन आग्रह समेत गरे ।
सानो ७ महिनाको अवधीमा रौतहटबासीले आफू प्रति देखाएको सदिक्षा र विश्वास एवं कदरलाई सधै सम्झिराख्ने तथा पुनः रौतहटबासी प्रति आभार प्रकट गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन