79
Shares
सर्लाही, २५ चैत । सर्लाही प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालय मलंगवाको कार्यभार सम्हालेका दयानिधी ज्ञवालीको सरुवा भएपछि त्यहाँका व्यवसायीहरुले एक कार्यक्रमका विच विदाई सम्मान गरेका छन् ।
छोटो अवधीमा एसपी ज्ञवालीको कुशल नेतृत्वका कारण हुण्डी कारोवारमा संलग्न दुई जनालाई पौने २८ लाख रुपैया सहित नियन्त्रणमा लिएको र दुई जना भारतीय अपराधीलाई हतियार सहित नियन्त्रणमा लिएर आफनौ कार्यलाई अघि बढाउनै खोज्दा प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेका हुन् ।
सरुवा भएर जान लागेका एसपी ज्ञवालीलाई सर्लाहीका व्यवसायीहरु र संचारकर्मीहरुले मलंगवामा आईतवार आयोजित एक औपचारीक कार्यक्रममा विदाई सम्मान गरेर उनको मनोवललाई उच्च पारेका छन् । प्रहरी प्रमुख ज्ञवाली सम्भवतः आज काठमाडौ जाने बुझिएको छ ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट