उईगर मुस्लिम माथी चिनियाँ सरकारद्धारा गराइरहेको अत्याचारलाई नरसंहारको घटना स्वीकार गर्न माग

35 Shares

जर्मनीमा आधारित उइगर अधिकार संगठन, विश्व उइगर कांग्रेस (डब्लूयूसी) ले अष्ट्रेलियाले सिनजियाङमा उइगर समुदायमाथि चीनको अत्याचारलाई नरसंहारको रुपमा मान्यता दिन माग गरेको छ।

डब्लूयूसीद्वारा उठाएको माग चीन र अष्ट्रेलियाका विदेश मन्त्रीहरूको मार्च २० मा निर्धारित बैठक अघि आएको डब्लूयूसीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

डब्लूयूसीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चीनका विदेशमन्त्री वाङ यीले अष्ट्रेलियाको विदेश मन्त्री पेनी वोङसँग भेट गरेका छन्, जुन लगभग सात वर्षमा बेइजिङबाट पहिलो उच्चस्तरीय भ्रमण हो। मन्त्रीहरू सातौं अष्ट्रेलिया-चीन विदेश र रणनीतिक संवादमा सहभागी हुनेछन्, जसमा मानवअधिकार र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुनेछ।’

विश्व उइगर कांग्रेसका अध्यक्ष डोल्कुन इसाले भनेका छन्, ‘अष्ट्रेलिया सरकारले ऐतिहासिक रूपमा चीनसँगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक अगाडि बढाएको छ। चीनलाई ठोस कार्यहरूका साथ जवाफदेही बनाउन अस्ट्रेलिया सरकारले पहल गर्नुपर्दछ।’

चीनको सिन्जियाङमा चिनियाँ सत्ताले जातीय सफाया गर्दै उइगरहरुमाथि मानवअधिकारको चरम उल्लंघन गरिरहेको छ। उइगरहरुलाई बिना कसुर कैदी बनाउने, जबरजस्ती श्रममा लगाउने, यौन हिंसा गर्ने, जबरजस्ती बन्ध्याकरण गराउने, हत्यासमेत गर्नेजस्ता गतिविधि भइरहेको विभिन्‍न अनुसन्धान रिपोर्टहरुले जनाएका छन्।

जसका कारण विश्‍वभरबाट त्यसको विरोध भइरहेको समयमा डब्लूएसीले चीनलाई जवाफदेही बनाउन सिन्जियाङमा नरसंहार भइरहेको कुरा स्वीकार गर्ने अस्ट्रेलिया सरकारसँग माग गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।