zoom free download for pc windows 10 how do i mute myself on zoom app download free zoom cloud meeting app for pc zoom m1 download zoom app pc version zoom download not working network connection failed 1006

सन्तोषजनक काम भएकोलाई मात्रै भुक्तानी दिने गढिमाई नपाको निर्णय

   २९ भाद्र २०७८, मंगलवार १८:१७  

तराई टप संवाददाता
रौतहट, २८ भदौ । रौतहटको गढीमाई नगरपालिकाले सन्तोषजनक काम सम्पन्न भएका योजनाहरुको मात्र भुक्तानी दिने भएको छ ।
गत आर्थिक बर्ष २०७७÷७८ मा सञ्चालनमा रहेका विभिन्न किसिमका विकास निर्माणका योजनाहरुको सोमबार अनुगमन गर्दै सन्तोषजनक कार्य सम्पन्न भएका योजनाहरुको मात्र भुक्तानी दिने तथा सन्तोषजनक कार्य नभएकोलाई भुक्तानी गर्न नसकिने गढीमाई नगरपालिकाको लेखा अधिकृत कामेश्वर सहनीले बताए ।
गत आर्थिक बर्षमा साना ठुला सबै किसिमका योजनाहरुको अनुगमन गरिसके पछि मात्रै सन्तोषजनक काम भएका योजनहरुको भुक्तानी प्रक्रिया अगाडी बढाउने र सन्तोषजनक काम नभएका योजनाहरुको भुक्तानी प्रक्रिया नै रोकिने उनले स्पष्ट पारे ।
गढीमाई नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा अनुगमन टोली गठन गरेको र अहिले अनुगमनको कार्य तिब्र रुपमा भईरहेको हुँदा अनुगमन सकिएपछि भुक्तानीको प्रक्रिया अगाडी बढाइने प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिए । अनुगमनको क्रममा सन्तोषजनक काम नगर्ने भुक्तानी नपाउने र योजना सकारेका सम्बन्धित ब्यक्तिलाई कारवाही गर्नुका साथै जरिवाना समेत असुल्ने नगर प्रमुख श्यामप्रसाद यादवले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै