एलआइसी नेपाल लिमिटेडको गतल कार्यलाई नेपाल विमा प्राधिकरणले सघाई विमाधारीहरुको ढाँड सेक्नमा मस्त, सम्बध निकाय मौन

92 Shares

जनकपुरधाम, १६ चैत । विमा कम्पनीहरुलाई निगरानी एवं नियमन गराउने निकाय नेपाल विमा प्राधिकरण आफनो दायित्व विर्षेर विमाकर्ताको रकम झ्वाम पार्ने कार्यमा विमा कम्पनीलाई सघाईरहेको गम्भीर आरोप लगेका छन् ।
नेपालमा नम्वर वन विमा कम्पनीको रुपमा रहेका लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले विमाकर्ताहरुले विमालेख खोल्दा एवं बार्षिक रुपमा जम्मा गरेको खुनपसिना मेहनेतको रकम माथि एलआइसीको कुनियत परेर विमा कम्पनी संग मिलेर झ्वाम पार्ने कार्य गरेको कार्यरत अभिकर्ता एवं विधाधारीहरुले गम्भीर आरोप लगाए हुन् ।
एलआइसी नेपाल लिमिटेडको गलत क्रियाकलापलाई कानुन बमोजिम कारवाही गर्ने र गराउने निकाय नेपाल विमा प्राधिकरण पनि विमा कम्पनी संग मिलेर गलत कार्यलाई सघाउन थालेपछि अहिले विमाधारीहरुको विल्लीबाँठ भएको छ ।


एलआइसी नेपाल लिमिटेडले लोभ्याउने योजनाहरु ल्याएर आफू तर्फ विमा गराउनेहरुको होड नै चलाए । पेन्सन प्लान (जिवन तरंग ३४५), जिवन सरल लगायत अन्य योजनाहरुमा ६६ देखि ८५ प्रतिशत सम्म बोनस दिने प्रलोभन दखाएर एजेन्ट मार्फत हजारौं नागरिकहरु विमालेख खोल्न लगाए । जिवन तरंग अन्तर्गत एक सय बर्षको लागि ७७ प्रतिशतको ठूलो सपना देखाएर आम नागरिकहरुलाई झुक्याएर एजेन्ट मार्फत विमा लेख जारी गर्न लगाएका थिए ।
सन् २०२० को अन्त्य तिर आएर उक्त योजनाहरु पूर्ण रुपमा बन्द भए । तर बन्द भएका योजनामा निर्धारण गरिएको बोनस दर घटाउन एवं संशोधन गर्न नमिल्ने भएपनि नेपाल विमा प्राधिकरणको उच्च पदस्थ कर्मचारीको साँठगाँठबाट बोनस दर घटाएर करौडौं रुपैया झ्वाम पार्ने कुत्सीत प्रयास गर्दा समेत राष्ट्र बैंक सहित अर्थ मन्त्रालय के हेरे बसेको होला ? विमाधारी एवं एजेन्टहरुले प्रश्न गरे ।
जनतालाई झुक्याएर नेपाल विमा प्राधिकरणको सेटिंगमा बन्द भएका विमा योजना संग छेडछाड गर्दै ७७ प्रतिशतबाट ४१ प्रतिशतमा झारेको एलआइसीद्धारा गरिएको निर्देशिकाबाट प्रष्ट भएका छन् ।
एलआइसीका एजेन्जलाई बोनस भत्ता, सघाउने कर्मचारीलाई पदोनन्ती मनपरेको स्थानमा सरुवा, एलआइसीका उच्च पदाधिकारीहरु दुवई, थाइलैण्ड, सिंगापुर लगायतका स्थानमा विश्व भ्रमणमा पठाएर गरिव असहायले जिवन पर्यान्त देखेको सपनालाई तुषापात गर्दै एसमोज गरेको आरोप जिवन तरंग विमा गराएकाहरुले तराई टप संग आफनो व्यथा सुनाए ।
गाउँघरमा राख्दा चोरी हुने डर, विमा गराउदा जिवन पर्यान्त चल्ने आश राखेर खोलिएको विवन तरंग एवं पेश्सन विमा योजना गराएको तर यहाँ पनि विमाधारीको रकम सुरक्षित नरहेको हुँदा नेपाल सरकारको अविलम्व ध्यानाकर्षण भई यस्ता खुन चुसुवाहरुलाई पहिचान गरी कडा भन्दा कडा कारवाही गरी सर्वसाधरणको रकम फिर्ता गराउन जोडदार रुपमा आवाज उठाए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।