पर्सा, २६ चैत । मानव स्वास्थ्य संग चरम लापरवाही गरेर विरामी संग खेलवाड गर्दै आएका नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जमा प्रहरीले सोमवार छापा मारेर अस्पतालका मैनेजिंग डायरेक्टरलाई नियन्त्रणमा लिएको छ ।
मेडिकल कलेजको प्रयोगशालामा र औषधी विक्री वितरण गर्ने फार्मेसीमा म्याद सहिएको औषधी र केमिकल फेला परेपछि पर्सा प्रहरीले कलेजका एमडी शहनवाज हुसेन र प्रयोगशाला प्रमुख संजय साहलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी केशर न्यौपानले बताए ।
आज दिउसो महानगरपालिकाको बजार अनुगमन समितिले उक्त मेडिकल कलेजका प्रयोगशाला र फार्मेसीमा छापा मारेर म्याद सकिएको केमिकल र विरामीलाई दिने औषधीहरु फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिएको बताइएको छ । प्रयोगशाला र फार्मेसीमा गरी म्याद गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको छ ।
फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेब्रुअरीमै डेट समाप्त भएका केमिकलहरु भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरु डेट सकिएको फेला परर्यो ।
मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन