माले, एजेन्सी । माल्दिभ्सको पूर्वमन्त्री मरियन शिउनाले भारतको विषयमा नकारात्मक सन्देश दिएपछि चौतर्फी रुपमा आलोचित बन्दै जाँदा भारत संग माफी मागेकी छिन् ।
मरियमले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए । आफ्नो ट्विटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भको बारेमा गलत शब्द प्रयोग गरेकी थिइन् । यसबारे एमडीपी र भारतका प्रयोगकर्ताबाट कडा प्रतिक्रिया आएको थियो ।
मरियमले एमडिपी विरुद्ध आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘एमडिपी र बीजेपीमा कुनै भिन्नता छैन, यिनीहरूबाट होसियार हुनु आवश्यक रहेको छ । यो पोस्टमा उनले भाजपाको चुनाव चिन्ह ‘कमल’ पनि प्रयोग गरिन् । वास्तवमा, माल्दिभ्समा चुनाव हुन लागेको छ, त्यसैले त्यहाँका नेताहरू लगातार एकअर्का विरुद्ध टिप्पणी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् । मोहम्मद मुइज्जुको पार्टी नेतृ मरियमले त्यस्तो पोस्ट गरेकी थिइन् ।
यसअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्पणी गरेका थिइन, त्यसपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो ।
मरियमले माफी माग्दै यस्तो शब्द लेखिन् ?
उनले भारतीय तिरंगाको अपमान पोष्टलाई, भारतीय प्रयोगकर्ताहरूले कडा विरोध गरेपछि हटाएका थिइन । अहिले उनले उक्त पोष्टको लागि माफी मागेका हुन । उनले लेखेकी छिन्, ‘मेरो पोस्टको उद्देश्य कसैको भावना माथि चोट पुर्याउने थिएन । यो पूर्णतया अनजानमा भएको थियो, जसको कारण धेरै गलतफहमीहरू उत्पन्न भयो ।
यो पोस्टले धेरैको ध्यान तान्यो र धेरैले पोस्टको आलोचना गरे । यसका लागि क्षमाप्रार्थी छु, आगामी दिनमा यस्ता पोस्ट नगर्ने तथा पोष्ट गर्दा ख्याल गर्नेछु ।’ उनले यस्तो कार्य गलत भएको भन्दै क्षमा मागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन