इनर्वा, २८ चैत । सुनसरीको पाँच वटा पालिकामा लगाएको कर्फ्यू पूर्णरुपले मंगलवार राति देखि हटाएको छ ।
सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हिजो राति हटेको हो ।
कर्फ्यू हटे पनि सुनसरीको पाँच वटा पालिका क्षेत्रमा भेला, जुलुस गर्न प्रतिबन्ध यथावतै रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
दुई समुदाय बीचको विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । शनिबार भएको सर्वदलीय दुवै पक्षको बैठकमा साम्य हुने सहमति भए पनि झडप भएपछि पूर्णरुपले कर्फ्यू लगाइएको थियो ।
स्थानीय प्रशासनले सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रुपमा कर्फ्यू जारी गरेको थियो । सबै क्षेत्रको कर्फ्यू मंगलबार राति १२ बजेबाट हटेको छ ।