zoom events download zoom free download for pc windows 10 64 bit zoominfo login zoom connecting problem pc - zoom connecting problem pc zoom recording download url zoom pc zoom cloud meeting app download free on pc - zoom cloud meeting app download free on pc download zoom cloud meeting for windows

४ मेगावाटको सौर्य विद्युत आयोजना संचालनमा

   ३० भाद्र २०७८, बुधबार ०८:३२  

प्रभातकुमार झा
रौतहट, ३० भदौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा निर्माण कार्य सम्पन्न भएको सौर्य विद्युत आयोजनाबाट ४ मेगावाट विद्युत उत्पादन गरी संचालनमा ल्याएको ।
रौतहटमा संचालनमा आएको सौर्य विद्युत आयोजनाबाट पटक पटक लाईन सप्लाई अवरुद्ध हुने समस्याबाट मुक्ति पाउने विश्वास आयोजनाले लिएको हो
अपि पावर कम्पनी लेमिटेडले संचालनमा ल्याएको आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा संचालनको काम कुशल प्रोजेक्टस नेपाल कम्पनीले गरेको छ । अपि पावर कम्पनी लिमिटेडले चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित १२ बिगहा जग्गा भएको क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल जडान गरी ४ मेगावाट विद्युत उत्पादन गर्नेे आयोजना निर्माण गरेको हो । आयोजनाले वार्षिक ६९.२५ घन्टा विद्युत उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन हुने कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले बताए ।

“नया सौर्य प्लान्टले नविकरणीय उर्जा उत्पादनमा कोशेढुंगा साबित हुने उद्देश्यबाट संघिय सरकारले मुलुको २ सय ५० पालिकाहरुमा ३ सय ७५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ योजनाहरुमा योगदान दिदै आएको छ,” प्राधिकरण चन्द्रपुरको प्रमुख राजेश झाले तराई टप संग भने । “सौर्य उर्जाले बिद्युत आपूर्तिमा देखीएको समस्याहरु हल गर्दै जानेछ पटक पटक विद्युत आपुर्ती ठप्प हुने समस्याबाट उपभोक्ताहरु मुक्ति पाउने उनले विश्वास व्यक्त गरे ।”

कोभिड १९ महामारीको दोस्रो लहरको कारण जारी रहेको निषेधाज्ञा पनि तोकिएको ४ महिना भित्र आयोजना तयार भएको बताए । निर्माण कार्य सम्पन्न भएपछि गत साता नै आयोजनाबाट उत्पादित विद्युत ३३ केभी प्रसारण लाइन मार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रपुर सबस्टेसनमा जडान गरिसकिएको छ ।
नेपालमा निजी क्षेत्रमा संचालन आएको सौर्य विद्युतलाई ग्रिड सग जोडिएको यो तेस्रो सौर्य विद्युत आयोजना हो । यस अघि लुम्बनी प्रदेशको बुटवल र प्रदेश २ को धनुषामा रहेका आयोजनाहरु ग्रिडमा जोडिएका थिए । आयोजनाले उत्पादन गरेको विद्युत आगामी २५ वर्ष सम्म प्रतियुनिट ७.३० रुपैयामा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने जनाएको छ ।


“नया“ सौर्य प्लान्टले नविकरणीय उर्जा उत्पादनमा कोशेढुंगा साबित हुने उद्देश्यबाट संघिय सरकारले मुलुको २ सय ५० पालिकाहरुमा ३ सय ७५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ योजनाहरुमा योगदान दिदै आएको छ,” प्राधिकरण चन्द्रपुरको प्रमुख राजेश झाले तराई टप संग भने । “सौर्य उर्जाले बिद्युत आपूर्तिमा देखीएको समस्याहरु हल गर्दै जानेछ पटक पटक विद्युत आपुर्ती ठप्प हुने समस्याबाट उपभोक्ताहरु मुक्ति पाउने उनले विश्वास व्यक्त गरे ।”
सौर्यको पावर परिक्षण सुरु भएको जनाए । ‘पिक आवर वा ग्रीड फेल भएको बेला चन्द्रपुर नगरपालीकालाई बिद्युत आर्पूिर्तमा समस्या हुदैन, सौय बिद्युतले प्राधिकरणलाई फाईदा हुन्छ । ग्राहकलाई पनि बिद्युत पावरमा समस्या हुदैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै