नयाँ दिल्ली । बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहबारे एउटा ठुलो खबर पाएको छ ।
यस अघि दीपिका गर्भवती रहेको खबरहरू आएका थिए । दिपिका आमा त बन्न लागेको तर उनी गर्भवती भने नभएको खबर आएको छ । दीपिका सरोगेसी प्रविधि मार्फत आमा बन्न लागेको बताइएको छ ।
रणवीर र दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न लागेको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । सो पोस्टमा दीपिका गर्भवती नभएको दाबी गरिएको छ । तर, उनी आमा भने पक्का बन्ने बताइएको छ । रेडिटका अनुसार यो जोडीले अभिभावक बन्न सरोगेसीको सहारा लिएको बी टाउनमा हल्ला चलेको छ ।
रणवीरले आफ्नो साथीहरूलाई आफू बुवा बन्ने खबर सुनाए । त्यसपछि दीपिका आमा बन्ने खबर इन्स्टाग्राममा पोस्ट गरेका थिए ।
बच्चाको जन्म नहुँदासम्म दीपिका सार्वजनिक रूपमा नदेखिने कुरा बाहिर आएको छ । अभिनेत्रीले भारतमा नभएर विदेशमा बच्चालाई जन्म दिने र यसै कारणले गर्दा रणवीरले पनि फिल्मबाट ब्रेक लिन लागेको पनि रेडिट पोस्टमा भनिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन