सर्लाहीमा विभिन्न विद्यालयमा प्राथमिक तहमा अस्थायी र करार कार्यरत ७७ जना शिक्षक हटने निश्चित

116 Shares

राधेश्याम कुशवाहा
सर्लाही, २८ चैत । सर्लाही जिल्लाको २० वटै स्थानीय तहको विभिन्न सामुदायिक विद्यालयमा प्राथमिक तहमा अस्थायी र करारमा भर्ना भएर सेवा प्रवाह गर्दै आएका ७७ जना शिक्षक हट्ने भएका छन् ।
जिल्लामा शिक्षक सेवा आयोगबाट सिफारिस भएका १८३ जना उम्मेदवारहरुलाई नियुक्ति तथा पदस्थापना गर्न रिक्त स्विकृत शिक्षक दरबन्दी अपुग भई अस्थायी÷करारका शिक्षक हटनु पर्ने अवस्था उत्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।
स्वीकृत शिक्षक दरबन्दी संख्या १०६ रहेका कारण २०७६ पुस १ गते पछि नियुक्त भएका सबै अस्थायी करार शिक्षकहरु हटनु पर्ने अवस्था देखिएको इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार २०७६ पुस १ देखिको १७ जना, २०७७ मा ४, २०७८ मा २७, २०७९ मा १६ र २०८० मा १३ जना गरेर ७७ सेवामुक्त हुने उनले भने ।
स्थानिय तहहरुमा बलराबाट–१७ जना, रामनगरबाट–८, धनकौलबाट–२, विष्णुबाट–५, गोडैताबाट–५, कौडेनाबाट–१, मलंगवाबाट–४, ब्रहमपुरीबाट–४, कविलासीबाट–५, हरिपूर्वाबाट–१, बरहथवाबाट–५, पर्साबाट–२, हरिपुरबाट–३, लालबन्दीबाट–४, वागमतीबाट–६ र इश्वरपुरबाट–५ गरेर ७७ जना अस्थायी र करारमा कार्यरत शिक्षकहरु पदमुक्त हुने भएका छन् ।
२०७६ पुस १ गते पछिका अस्थायी वा करार नियुक्ति रहेको इकाइ, सर्लाहीले जनाएका छन ।
शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले एक प्रेस विज्ञप्ती जारी शिक्षक पदस्थापनका आधार तथा मार्ग दर्शन बमोजिम यस इकाइमा उपलब्ध अभिलेख अनुसार सेवाको आधारमा जिल्ला भरीमा २०७६ पुस १ गते देखि कनिष्ट अस्थायी करार शिक्षकहरु विस्थापित हटने हुने देखिन आएकाले र त्यहाँ स्थानिय तहको अभिलेखबाट (सम्भव भएसम्म विद्यालयबाट सक्कल नियुक्ति पत्र र नियुक्ती समर्थन अभिलेखिकरण पत्र झिकाइ) भिडाई पछि सम्म फरक नपर्ने गरी कनिष्ट अस्थायी करार शिक्षकहरु विस्थापित हटने गरी नवनियुक्त शिक्षकलाई मिति चैत ३० गतेदेखि विद्यालयमा पदस्थापन भई हाजिर हुने व्यवस्था हुन आदेशानुसार अनुरोध गरेको बताइएको छ ।
साथै शिक्षक सेवा आयोगबाट सिफारिस भएका उम्मेदवारहरुलाई स्थानिय तह छनौटका लागि यस इकाइबाट चैत २२ गते प्रकाशित सुचना अनुसार सम्बन्धित स्थानिय तहमा नवनियुक्त शिक्षक पठाउन तोकिएको संख्या तथा स्थानिय तहमा मिति २०७६ पुस १ गते देखिका कनिष्ट अस्थायी करार शिक्षक एवम रिक्त स्विकृत शिक्षक दरबन्दी संख्या जोडदा फरक पर्न गएमा सप्रमाण लिखित रुपमा यस इकाइमा आज विहान ११ बजे भित्र थप घट गर्नुपर्ने संख्या एकिन गरी अनिवार्य पठाउन हुन जानकारी समेत गराएको देखिन्छ ।
डाटा अध्यावधिकको लागि स्थानीय तहलाई आज विहान ११ः०० बजेसम्मको समय सिमा दिएको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाए ।
सर्लाही जिल्लामा सामुदायिक विद्यालयको संख्या ५ सय भन्दा बढी रहेका छन । सर्लाहीमा न्यूनतम आवश्यक दरबन्दी प्रावि तहमा २ हजार ५९ जना शिक्षक मध्ये १ हजार २ सय २१, आधारभुत तह (६–८) मा ६ सय २८ जना जसमध्ये ३ सय ९७ जना, मावि तहमा ४ सय ५५ जसमध्ये दरबन्दी २ सय ६३ जना, उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा १ सय १४ मध्ये ८३ जना शिक्षकको रहेको छ ।
सर्लाहीमा प्रावि तहमा ८३८, आधारभूत तहमा २३१, माविमा १९२ र उच्च तहमा ३१ गरी न्यूनतमा आवश्यक शिक्षक दरबन्दी भन्दा १२९२ वटा कम दरबन्दी रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताए । २०५८ पछि स्वीकृत शिक्षक दरबन्दी र २०६७ पछि शिक्षक अनुदान कोटा (राहत) थपिएका छैन, इकाइ प्रमुख महतोले भने ।
विद्यालयमा विद्यार्थीहरुको संख्या तथा कक्षा कोठा थपिदै जाने क्रम जारी नै रहेका छन । विद्यार्थीको संख्याका आधारमा शिक्षक दरबन्दी र शिक्षक समेत नथपिदा विद्यालयहरुमा शिक्षकको अभाव र पठनपाठनमा समस्या हुदै आएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार