निर्माणाधिन पोखरीमा डुवेर २ बालिकाको मृत्यु

   १ आश्विन २०७८, शुक्रबार ०९:१५  

तराई टप संवाददाता
रौतहट, १ असोज । रौतहटको देवाही गोनाही नगरपालिका स्थित निर्माणाधिन पोखरीमा डुवेर विहिवार दुई बालिकाको मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष जगरनाथ मुखियाको निर्माणाधिन पोखरीमा घुगी टिप्ने क्रममा कटहरिया नपा ६ कि १० बर्षिया निशु कुश्वाहा र वृन्दावन नपा २ कि १४ बर्षिया मुस्कान कुमारीको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
विहिवार दिउसो १ बजेको घुगी टिप्न निर्माणाधिन पोखरीमा प्रवेश गरेकी दुवै बालिका डुवेका थिए । बालिका डुवेपछि स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गर तर हिजो साँझ मात्रै उनीहरुको शव बाहिर निकाल्न सफल भएको बताइएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इप्रका गरुडाबाट बुझिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै