जनकपुरधाम, ३० चैत । राष्ट्रिय एकता अभियानका दुई जना नेतालाई जानकी मंदिरबाट प्रहरीले पक्राउ गरेकोमा अभियानले कडा शब्दमा आपत्ति जनाएको छ ।
प्रहरीले जानकी मन्दिरबाट नेताद्वय मनिष पुर्वे र ज्ञानेन्द्र झालाई पक्राउ गरेकोमा विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।
अभियान महासचिव डा. प्रभात कुशवाहाद्वारा जारी गरिएको विज्ञप्तीमा आफ्ना नेताहरूको प्रक्राउलाई असंबैधानिक र अलोकतान्त्रिक कुकृत्यको संज्ञा दिदै घोर भत्सर्ना गरेको छ।
जानकी मंदिरको प्रांगण भित्र केही युवा युवतीहरू अश्लील कृयाकलाप गरिरहेका गरेको देखेर बिरोध गर्दा दुबै हिन्दु अभियानीहरुलाई जिल्ला प्रहरी धनुषाले पक्राउ गरेको बुझिएको छ।
विज्ञप्तिमा भनिएको छ, “संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको स्थापनाको लागि प्रतिबद्ध अभियानका कार्यकर्ताहरूलाई पटक पटक प्रक्राउ गर्ने, सरकारी संयन्त्र मार्फत धम्क्याउने, अभियानका शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्ने कार्यले सरकारी संयन्त्र नै संघीयता र लोकतन्त्र समाप्त गरि नेपालमा एकात्मक राजतन्त्र फर्काउन लागेको ठहर गरे।
तर हजारौं नागरिकको बलिदानपश्चात् मूलुकले पाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई अक्षुण राख्न हामी संघर्सरत गर्ने छौ।”
अभियानले जानकि मन्दिरको गरिमामाथी आच पुर्याउने असमाजिक तत्वहरू तुरुन्तै प्रकाउ गरि हिन्दु अभियानीहरू मनिष पुर्वे र ज्ञानेन्द्र झालाई तत्काल रिहा गर्न माग समेत गर्दै त्यसो नगरिएको खण्डमा अभियान आन्दोलनका कडा कार्यक्रमहरू संचालन गर्न बाध्य हुने सम्बन्धित निकायको ध्यानाकर्षण गराए।