चीनले ट्रुडोलाई चुनाव जिताउन मद्दत गर्यो

53 Shares

क्यानडा, एजेन्सी । क्यानडामा प्रधानमन्त्रीको रुपमा जस्टिन ट्रुडोलाई जितमा चिनियाँ सहायता अत्याधिक रहेको एक रिपोर्ट सार्वजनिक भएपछि क्यानडामा राजनीतिक वृत्तमा हलचल ल्याएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०१९ र २०२१ मा भएको क्यानडाको संघीय निर्वाचनमा चीनले सघाएको क्यानडाको सुरक्षा खुफिया रिपोर्टले दाबी गरेको हो ।
क्यानडाको सुरक्षा खुफिया सेवाद्वारा गरिएको दाबीलाई खण्डन गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त दाबी गलत भएको तथा राजनीतिमा बदनाम गराउने खेल भएको बताएका छन् ।
ट्रुडोले चुनावको फैसला नागरिकहरूले गरेको र चीनको कथित प्रयास जिम्मेवार नभएको बताए । आफ्नो पक्षमा फैसला घुमाउँदै ट्रुडोको लिबरल पार्टीले दुवै चुनाव जितेको थियो ।
श्रोतः रिपब्लीक वल्ड

प्रतिक्रिया

सम्बन्धित समाचार