श्रोत नखुलेको ३८ लाख सहित २ जना पर्सा प्रहरीको नियन्त्रणमा

   १ आश्विन २०७८, शुक्रबार १०:०३  

तराई टप संवाददाता
पर्सा, १ असोज । अबैध रुपमा वित्तिय कारोवार (हुण्डी) संचालन गर्दै आइरहेका कारोवारीको
घर माईस्थान चोकमा पर्सा प्रहरीले छापा मारेर ठूलो परिमाणमा श्रोत नखुलेको रकम बरामद गरेका छन् ।
विरगञ्ज महानगरपालिकाको माइस्थान चोक स्थित केपी स्वर्ण कला केन्द्रमा पर्सा प्रहरीले छापा मारेर श्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैया बरामद गरेका हुन् । माईस्थान चोक अगाडी रहेको कन्हैया प्रसाद सोनारले घरमै संचालन गरेको केपी स्वर्ण कला केन्द्रमा हुण्डी कारोवार संचालन गरेको सुचना पर्सा प्रहरीले पाएपछि निकै अनुसन्धान पछि दुई अघि ति घरमा छापा मारेका थिए ।
जिल्ला प्रहरी कार्यालय विरगञ्जबाट प्रहरी नायब निरीक्षक विनोद कुमार सिँहको नेतृत्वमा खटिएको टोलीले छापामारीको क्रममा श्रोत नखूलेको ३८ लाख ५१ हजार नगद बरामद गर्नुका साथै केन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार र जिल्ला बारा परवानीपुर वडा नम्बर ३ बस्ने दिपक कुमार सर्राफ लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाए ।
प्रहरीले नियन्त्रणमा लिएका कन्हैया र दिपकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै