44
Shares
काठमाडौं, २ वैशाख । सुनको मुल्य आज वर्षको पहिलो दिनमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार चाँदी तोलाको १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।