60
Shares
जनकपुरधाम, २ वैशाख । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा शनिवार राति एक महिलाको हत्या गरिएको छ ।
हंसपुर नगरपालिका वडा नंम्वर ७ कि ५५ वर्षिया शोभा देवि मण्डलको हत्या गरिएको अवस्थामा आज विहान गहुबारिमा शव फेला परेको हो ।
धनुषाको सहिदनगर नगरपालिका वडा नंम्वर ४ ननुपट्टी (माइती) गएकी मण्डल शनिबार साँझ ७ बजदेखि सम्पर्क विहिन बनेकी थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत अवस्थामा फेला परेकी महिला मण्डलको शरीरको विभिन्न भागमा घाउ चोट लागेको हेर्दा हत्या गरेर गहुवारीमा शव फालेको आशंका धनुषा प्रहरीले गरेको छ ।
घटनास्थलको तालिम प्राप्त कुकुरको मद्दतबाट अनुसन्धान भईरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रञ्जन अवाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन