45
Shares
पाकिस्तान, एजेन्सी । इरान–पाकिस्तान बीच गुड्न रेल्बे पटरीबाट केमिकल बोकेको मालबाहक रेल खस्दा दुई देश बीच रेल सेवा बाधित भएको छ ।
केमिकल बोकेको रेल पाकिस्तानको बलुचिस्तानमा तोज्गी स्टेशन नजिकै पटरीबाट खस्दा रेल सेवा बाधित भएको हो । पटरबाट मालबाहक रेल खस्नुको कारण सर्वसाधारणमा आतंकवादको डर सताएको छ ।
यो घटना हालै नोस्की राजमार्गमा भएको आतंककारी हमलापछिको हो । फस्फोरस कार्गो फैलिने चिन्ता थपिएको छ । पाकिस्तान र इरानबीचको रेल सेवा बाधित भएको छ । अधिकारीहरूले अनुसन्धान गर्दा स्थितिको आकलन गर्न केही समय लाग्न सक्ने भन्दै आएका मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
द हैक डट इन