app for zoom meetings zoom browser download app zoom download pc zoom meeting recording app download for pc - zoom meeting recording app download for pc zoom pc app exe download - zoom pc app exe download join a zoom meeting using meeting id - join a zoom meeting using meeting id

विहार चुनावमा फेरि नीतिश कुमार कै चर्चा, ४० बर्ष पछि लालु यादवको अनुपस्थिति

   २७ आश्विन २०७७, मंगलवार १५:५६  

रौतहट, २७ असोज । नेपालको तराईको भु भाग सँग सिमाना जोडिएको भारत बिहार प्रान्तमा प्रान्तीय निर्वाचन जति नजिकिदै छन् त्यती नै चर्चापरिचर्चा बढदै गएको छ । विश्व व्यापी कोरोना संक्रमण बढ्दै गएपनि निर्धारित समयमा निर्वाचन गराउनु भारतीय निर्वाचन आयोगको नैतिक दायित्व रहेको हुँदा कोरोनाका कारण धेरै चुनावी सभाहरु भर्चुअल भइरहेका छन् । कोरोना महामारीकै बीच बिहारमा अक्टोबर २८, नोभेम्बर ३ र ७ मा गरी तीन चरणमा हुँदैछ । नतिजाको घोषणा नोभेम्बर १० मा हुनेछ ।
यसपटकको निर्वाचन यस अगाडिका भन्दा पृथक हुने विश्लेषण गर्दै दि इन्डियन एक्सप्रेसमा विश्लेषक मनोज सीजी ब्याटल फर बिहार शीर्षकमा लेख्छन्, कोरोना भाइरसको छायाँमा हुन लागेको भारतको यो सबैभन्दा ठूलो निर्वाचन हो, यसमा लामो समयदेखि बिहारको राजनीतिमा सक्रिय लालु यादवको सहभागिता छैनन । अनि रामविलास पासवानको केही दिन अघि देहावसान भएको छ । अहिलेका मुख्यमन्त्री नीतिश कुमारले भारतीय जनता पार्टीसँगको गठबन्धनमा आफ्नो भूमिका बढाएका छन् ।
भारतको राष्ट्रिय राजनीतिमा बिहारको महत्वको बारेमा उनी लेख्छन, ‘ऐतिहासिक रुपमा बिहार ग्रासरुट सामाजिक र राजनीतिक अभियानको कोक्रो हो । जयप्रकाश नारायणको टोटल रिभोलुसनले शक्तिशाली मानिएको इन्दिरा गान्धीको सरकारलाई नै हल्लाइदिएको थियो र संकटकाल नै लगाउनु पर्ने अवस्थाको सिर्जना भयो ।
यसबाहेक भारतको आरक्षणको राजनीति अगाडि बढाउन पनि बिहारले महत्वपूर्ण भूमिका खेलेको छ । उसो त बिहार सामाजिक र आर्थिकरुपले पिछडिएको राज्य हो । कांग्रेस विरुद्धको गठबन्धनले सामाजिक न्याय सहितको राजनीतिको बिउ रोप्यो र यसले बिहारलाई नीतिश कुमार, लालुप्रसाद यादव, सुशीलकुमार मोदी जस्ता नेताहरु दियो ।
यस्तो छ चुनावी प्रतिस्पर्धा
निर्वाचनमा मुख्यतः नेसनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र विपक्षीको महागठबन्धको बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । नीतिश कुमारले नेतृत्व गरेको एनडीएमा भारतीय जनता पार्टी, जनता दल युनाइटेड(जीडेयू) र लोकतान्त्रिक जनशक्ति पार्टी रहेका छन् । यस गठबन्धनबाट भाजपाले १२१ सिटमा प्रतिस्पर्धा गर्नेछ भने जिडेयुले १२२ सिटमा प्रतिस्पर्धा गर्न गइरहेको छ ।
सो एलायन्समा रहेका अन्य साना दलहरुलाई भाजपा र जिडेयुले केही सिटमा दिने छन् । भाजपाले अहिलेका मुख्यमन्त्री नीतिश कुमारलाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । यसबीचमा निर्वाचनमा टिकट नपाएको भन्दै केही नेताहरुले साना दलतिर गएका छन् ।
अर्काे गठबन्धन चाहिँ विपक्षीको महा गठबन्धन हो, जसमा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको दल राष्ट्रिय जनता दल र इन्डियन नेसनल कंग्रेस रहेका छन् ।
यसबाहेक अन्य साना दलहरु समेत निर्वाचनको दौरानमा रहेका छन् । विकासशील इशान पार्टी, जन अधिकार पार्टी र अन्य बामपन्थीहरु पनि निर्वाचनको दौडमा छन् । महा गठबन्धमा राष्ट्रिय जनता दलले २४३ मध्ये १४४ सिटमा प्रतिस्पर्धा गर्नेछ उसले सो सिट अन्य केही साना दलहरुलाई पनि बाँड्नुपर्ने हुन्छ । काङग्रेसले भने ७० सिटमा प्रतिस्पर्धा गर्नेछ, जुन पहिलाको भन्दा निकै राम्रो हो ।
कति छन् मतदाता ?
बिहारको विधानसभा निर्वाचनको लागि जम्मा २४३ सिटमा निर्वाचन हुनेछ जसमध्ये ३८ सिट पिछडिएको समुदायका लागि छुट्याइको छ । यस पटकको निर्वाचनमा ७.१८ करोड मतदाता रहेका छन् जसमध्ये ७८ लाखले पहिलोपटक मतदान गर्दैछन् । झण्डै ४ करोड मतदाता १८ देखि ४० वर्षको उमेरका रहेका छन् ।
कोभिड–१९ को संक्रमणका कारण सामाजिक दुरी कायम राख्नुपर्ने भएकाले यसपटक बुथहरुको संख्या एक लाखभन्दा बढीको वृद्धि गरिएको छ । अन्य राज्यको तुलनामा बिहारमा कम मतदान हुने गर्छ र यसपटक कोभिडका कारण त्यो संख्या अझै घट्नसक्ने विश्लेषण गरिएको छ ।
कस्ता छन् एजेण्डा
नीतिश कुमार र एनडीएले चुनावको नारा आत्मनिर्भर बिहार बनाएका छन् । त्यसैगरी यस अगाडि कुमारको सरकारले गरेका विकास निर्माणका विषयहरुलाई समेत सो एलायन्सले चुनावी एजेण्डा बनाएको छ । त्यसैगरी भाजपाको केन्द्रीय सरकारले सञ्चालन गरेका विकास निर्माणका ठूला आयोजनाहरुलाई पनि उसले सफलताको रुपमा देखाउन खोजेको छ ।
त्यसैगरी भाजपाले यसपटक पहिलाभन्दा महिलाहरुलाई बढी टिकट दिएको भन्दै त्यसको ब्यापक प्रचार गरिरहेको छ । भर्चुअल चुनावी सभालाई सम्बोधन गर्दै वर्तमान मुख्यमन्त्री नीतिश कुमारले विगत १५ वर्षमा आफूले गरेको कामका आधारमा मूल्याङ्कन गर्न आग्रह गरेका छन् । विशेषतः उनले आफ्नो कार्यकालमा सुशासन कायम भएको र लालु यादवको गुण्डाराज अन्त गरेको दाबी गरेका छन् ।
उता विपक्षी महा गठबन्धनले भने बिहारको सामाजिक सूचकहरुका नीतिश कुमार सरकारले परिवर्तन ल्याउन नसकेको, रोजगारी सिर्जना गर्न नसकेको छ र कोभिड–१९ पछि बेरोजगारी अझै बढेको लगायतका एजेण्डा अगाडि सारेको छ ।
सो गठबन्धनले गत वर्ष मोदी सरकारले ल्याएको नागरिकता संशोधन सम्बन्धी कानुनले मुस्लिमलाई विभेद गर्दै गरेको भन्दै सो समूहको समर्थन तान्ने प्रयास गरिरहेको छ ।
त्यसैगरी कोभिड–१९ का कारण धेरै युवाहरु बेरोजगार भएर घर फर्केको र सरकारले बिहारमा बाढीको व्यवस्थापन गर्न नसकेको विषयलाई पनि विपक्षीले ठूलो चुनावी एजेण्डा बनाइरहेको छ ।
जातीय समिकरण
अन्य राज्यहरुमा झैं बिहारको निर्वाचनमा पनि जातिय समिकरण एकदमै महत्वपूर्ण रहेको छ । त्यहाँ रहेका प्रमुख जाति ब्राह्मण, भुमिहार, कायस्थको भोट झण्डै १७.२ प्रतिशत रहेको छ ।
यादव मतदाताको संख्या १४ं.४ प्रतिशत, मुस्लिम मतदाताको संख्या १४.७ प्रतिशत रहेको छ । त्यसैगरी दलितको १४.२ प्रतिशत, वैश्य ७.१ प्रतिशत, कोरिस ६.४ प्रतिशत र आदिवासीको संख्या १.५ प्रतिशत रहेको छ ।
उत्तर प्रदेश, बिहारलगायतका भारतका धेरैै प्रदेशहरुमा जातिय समिकरणले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ, किनकि केही निश्चित पार्टीहरुले निश्चित जातिय प्रभुत्व जमाउने गरेका छन् । भाजपाको माथिल्लो जात र केही पिछडिएको वर्गमा राम्रो होल्ड छ ।
४० वर्षपछि लालु यादवलाई मिस गर्दैछन् मतदाताले
विहारको निर्वाचनमा ४० वर्षपछि लालु यादव चुनावी सभाहरुमा सक्रिय छैनन् । कारण हो– सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा उनी जेलमा रहेका छन् । उनले पार्टी र निर्वाचनको जिम्मेवारी आफ्ना छोरा तेजस्वी यादवलाई दिएका छन् ।
७२ वर्षीय लालु यादव यतिवेला चार वर्षे लामो जेलमा छन् । सन् १९७७ मा पहिलोपटक लालु यादव सांसद बने र उनी विहारको निर्वाचनमा एक परिचित र प्रभावशाली व्यक्ति हुन् । यस अगाडि सन् २०१९ को लोकसभा निर्वाचमा पनि उनी प्रचार प्रसारमा सहभागी थिएनन् । यसपालि उनका छोराले ‘नयाँ सोच, नयाँ बिहार’ नारा तय गरेर निर्वाचन प्रचार गरिरहेका छन् ।
सन् १९९७ मा जतिबेला उनले राष्ट्रिय जनता दलको निर्माण गरे त्यसपछि पहिलोपटक बिहार निर्वाचनको पोष्टरमा लालु यादवको फोटो छैन ।
कस्तो थियो पहिलेको नतिजा ?
सन् २०१५ को निर्वाचनमा भारतीय जनता पार्टीले राम विलास पासवानको एलजेपी, उपेन्द्र कुशुहवाको आरएलएसी र अन्य साना दलको एलायन्स बनेको थियो । भाजपाको एलायन्सलाई नीतिश कुमारको जेडीयु र लालु यादवको आरजेडी र काङ्ग्रेसको महागठबन्धन बनेको थियो ।
सो निर्वाचमा जेडियुले ७१ र आरजेडीले ८० सिट जितेका थिए । भाजपाले ५३ सिट र एलजेपीले दुई सिटमात्र जितेको थियो ।
सन् २००५ देखि २०१८ को वीचमा बिहारमा तीनवटा विधानसभा निर्वाचन र तीनवटा संसदस्य निर्वाचन भएका छन् । यी ६ वटा निर्वाचनमा भाजपा र जनता दल युनाइटेडको वीचमा चारपटक चुनावी एलाइन्स बनेको छ ।
उनीहरुको वीचमा २००५ र २०१० को विधानसभा निर्वाचन र सन् २००९ र सन् २०१९ को लोकसभा निर्वाचनमा सहकार्य भएको थियो ।
विगतका तीनवटै विधान सभा निर्वाचनमा नीतिश कुमार विजयी भएका छन् भने यसवीचमा बिहारमा भएका तीनवटामध्ये २ वटा विधानसभा निर्वाचन एनडीएले जितेको इतिहास छ ।
तर, सन् २०१७ मा नीतिश कुमार एनडीएमा सहभागी भएपछि बिहारको राजनीतिमा धेरै परिवर्तन आएको छ । सन् २०१५ को विधान सभा निर्वाचनमा प्रतिस्पर्धीको रुपमा रहेको भाजपाको समर्थनमा नै उनी चौथो कार्यकालका लागि मुख्यमन्त्री बन्न लागेका छन् ।
सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा बिहारमा एनडीएले ४० सिट जितेको थियो भने कंग्रेसले एक सिट मात्र जितेको थियो ।
फेरि नीतिश कुमार ?
बिहारको विधानसभा निर्वाचन एनडिए जित्ने सम्भावना बढी रहेको छ । चुनावी सभामा भाजपाका नेताहरुले पुन एनडीएले निर्वाचन जित्ने र नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने घोषणा गरिसकेका छन् । बिहारमा नीतिश कुमारले १५ वर्षसम्म शासन गरिसकेका छन् । उनी पहिलोपटक सन् २००० मा पहिलोपटक मुख्यमन्त्री बनेका थिए ।
गत वर्षको लोकसभाको निर्वाचनलाई आधार बनाउने हो भने एनडीएले निर्वाचन पुनः जित्ने र नीतिश कुमार मुख्यमन्त्री बन्ने सम्भावना एकदमै प्रवल रहेको भारतीयहरुको विश्लेषण छ ।
त्यस माथि देशव्यापी प्रभाव जमाएको भाजपासँग उनले एलायन्स बनाइरहेका छन् । विभिन्न सर्भेहरुले एनडीएले १६० भन्दा बढी सिट जित्ने प्रक्षेपण गरेका छन् ।
मतदाता सामु अहिले उनले भनिरहेका छन, १५ वर्ष भर्सेस १५ वर्ष अर्थात उनको १५ वर्ष र लालु यादव र राब्रीदेवीको १५ वर्षलाई तुलना गर्न भनेका छन् । उनी अहिले ६९ वर्षका भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै