काठमाडौँ, २ वैशाख । विश्व प्रसिद्ध इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आईतवार दुई खेल हुदैछन् ।
आजको पहिलो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्स बीच पहिलो खेल हुदैछ । लखनउले ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
त्यसैगरी अहिलेसम्म कोलकोताले ४ खेलमा ३ जित हासिल गरेको छ भने एक मात्र हार बेहोर्नु परेको छ ।
कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा भईरहेको छ । केकेआर ले टाँस जितेर बलिंग गरिरहेको छ । सामाचार तयार पारुनजेल सम्म लखनउ सुपर जाइन्टले ९ ओवरमा २ विकेट गुमाएर ६४ रन बनाएको छ ।
यसैगरी आजको दोस्रो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुदैछ । मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७ः ४५ बजेदेखि शुरु हुने भएको हो ।
आइपिएलमा मुम्बई इण्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन