कुख्यात अपराधी शेख नुरुल्लाह रौतहट प्रहरीको फन्दामा

128 Shares

रौतहट, २ वैशाख । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो ।
अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रुपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा चोक नजिक रहेका नेपाल भारत सीमावर्ती क्षेत्र भएर भारत तर्फ जानेक्रममा आज विहान २ बजेको समयमा निजलाई पक्राउ गर्न सफल भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया गाउँमा ७८ बर्षिय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका थिए । तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कत्र्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र निजको भाई खलिउल्लाह फरार रहदै आएको उक्त पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
वृद्ध तैयवको हत्या गराउनमा मुख्य योजनाकार रहेका शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले कत्र्तव्य ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
मुख्य योजनाकार एवं अपराधिक कार्यका कुख्यात पेशेवर अपराधी शेख नुरुल्लाह सहितका व्यक्तिहरु सीमावर्ती क्षेत्रमा बसिरहेको र सहजै घर सम्म ओहरदोहर गरिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरुमा विशेष निगरानी बढाएका थिए । सोही क्रममा आज विहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डिएसपी गिरीले भनिन् ।
पक्राउ परेका शेख नुरुल्लाहलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको तथा अदालतबाट कत्र्तव्य ज्यान कसुर मुद्दामा न्यायिक हिरासतमा राख्ने अनुमती लिएर थप कुराहरुको अनुसन्धान भईरहेको समेत उनले जानकारी दिइन् । तर खलिउल्लाह अझै फरार रहेको हुँदा निजको पनि खोजी कार्य जारी रहेको उनले स्पष्ट पारिन् ।
सो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका एसपीको रुपमा कार्यभार सम्हाल्नु भएका दिलिप घिमिरेले रौतहट जिल्लाबाट अपराधिक कार्यलाई पूर्ण रुपमा निष्तेज बनाई यहाँको जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने प्रमुख प्राथमिकत रहेको प्रतिवद्धता जनाए । यसैक्रममा कुख्यात अपराधी भनिएका शेख नुरुल्लाहलाई समातिनु पनि एउटा चुनौतीको बिषय बनेका थिए तर उक्त चुनौतीहरु सकिएको हुँदा अपराध गर्नेलाई कानुनी कारवाही गरिने उनले बताए ।
विगत १० महिना देखि फरार रहेका शेख नुरुल्लाह कस्तो अपराधीे हुन् ?
२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दीर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए ।
घटनाको भोली पल्ट अर्थात भदौ ४ गते विहानै देखि तालिम प्राप्त ४ वटा कुकुरको मद्दत लिई अनुसन्धान गरियो । अनुसन्धानकै क्रममा वारदात स्थल माधवनारायण भएपनि वारदातलाई अन्जाम दिने देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनियाका तत्कालिन वडाध्यक्ष शेख नुरुल्लाह सहित सात जना व्यक्तिहरु मिलेर घटना घटाएको प्रहरीको अनुसन्धानमा खुलेपछि सोही अनुसार कत्र्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइयो ।
नुरुल्लाह सहित सातै जना अभियुक्तहरु फरार भए, निजलाई समात्न सिमापारी भारतको कयौं स्थाथनमा छापामारी भयो सफलता पाइएन तर २०७८ साउन २२ गते अर्थात गते शुक्रवारका दिन दिउसो १ बजे नाटकिय शैलीमा शेख नुरुल्लाह रौतहट जिल्ला अदालतमा उपस्थित हुन्छ, उनीसंग २ लाख नगद लिई धरौटीमा रिहा गरिदिन्छ तर प्रहरी चाल पाउन सक्दैन । अदालतको यस्तो निर्णयबाट पिडित पक्ष कसरी न्याय पाउने हो भने त्यसवेला अदालत प्रति प्रश्न चिन्ह खडा गर्नेहरुको कमी छैनन ।
पुजारी हत्यामा ७ जना विरुद्ध मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय रौतहटले गर्छ, आरोपित मध्ये रामनरेश पटेल र बाल कुमार पटेललाई पक्राउ गरी अदालतमा पेश गर्दा दुवै जना अहिले पुर्पक्षका लागि गौर कारागारमा छन् तर प्रहरीले बयान समेत नलिएको, सरकारी वकिल कार्यालयमा वयान दर्ता समेत नभई एक्कासी २०७८ साल साउन २२ गते शुक्रवार दिउसो अदालतमा उपस्थित भई इनकारी वयान दिदा २ लाख नगद धरौटीमा रिहा गर्ने आदशे आउनु आफैमा सोचनिय विषय भएको त्यस वेलाका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले भनेका थिए ।
जिल्ला अदालत रौतहटको तत्कालिन ७ नम्वर न्यायाधिश श्यामविहारी मौर्यको एकल इजलाश बाट पुजारी हत्याको मास्टरमाइण्ड वडाध्यक्ष नुरुल्लालाई २ लाख नगद धरौटीमा रिहा गर्दा न्याय प्रणाली पैसा वालाको भएको पुजारीको भाई लालबहादुर साहले आरोप लगाएको थियो ।
हामीलाई त न्याय चाहियो हत्या गर्ने व्यक्तिलाई अदालत जस्तो पवित्र संस्थामा सेटिंगको आधारमा रिहा गर्नुबाट कमजोरको लागि नेपालमा न्याय छैन् यहाँ पैसावालाहरु जस्तो सुकै कुकर्म गरेपनि अदालतबाट छुट्ने गरिएको परिपाटीबाट हाम्रो नेपालमा न्याय पैसामा विकदो रहेको सुनेका थियौं आज देखियो, उनले न्यालय माथि गम्भीर प्रश्न चिन्ह खडा गरेको थियो ।
पुजारी हत्यामा संलग्न समेत रहेको भएपनि अपराध गर्ने व्यक्ति कतैबाट पुनः फसिन्छ सोहीको उदाहरण वृद्ध तैयवलाई हत्या गराउन आदेश दिएर आफू काठमाडौं हिडेका थिए । नुरुल्लाह एक पेशेवर अपराधी हुन् यीनलाई हदै सम्म कारवाही गरिनुपर्ने पिडितहरुले जोडदार रुपमा माग उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार