मोटरसाइकल सहित युवक पक्राउ

   १ आश्विन २०७८, शुक्रबार १५:४२  

तराई टप संवाददाता
रौतहट, १ असोज । गौर नगरपालिका वडा नम्वर ३ बाट विहिवार राति मोटरसाइकल चोरेर लगिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गौर नपा ३ विपी चोक स्थित पेट्रोल पम्पमा पाकिंग गरिएको ना ५२ प १५९८ नम्वरको पल्सर मोटरसाइकल गएराति २ बजेको समयमा चोरेर लगिदै गरेको अवस्थामा डिउटीमा तैनाथ प्रहरीले मोटरसाइकल सहित युवकलाई पक्राउ गरेको हो ।
यमुनामई गाउँपालिका वडा नम्वर ५ का १९ बर्षिय रुपक झालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिदै पक्राउ परेका युवक झालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै