45
Shares
मन्थली, ३ वैशाख । रामेछापको मन्थलीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भटौलीबाट वालुवा लिएर मन्थलीतर्फ आउदै गरेका बा प्र ०१–००६–३८३९ नं को टिपर मन्थली नगरपालिका वडा नम्वर ७ स्थित मन्थलीघाट नजिकै सडकबाट ५० मिटर तल तामाकोशी नदीमा खसेर उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परेर रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नम्वर ३ रस्नालुका २३ वर्षीय चालक पवित्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।
दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । उनको मन्थली नगर अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन