60
Shares
काठमाडौँ,३ वैशाख । १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि शुरु हुँदैछ ।
रनिङ सिल्ड प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्ने कार्यक्रम तय गरिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका अनुसार उदघाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुति रहने छ ।
५६ स्वर्णका लागि प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडीको सहभागिता रहने छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौर स्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो सातदोबाटो स्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वर स्थित राखेपको सेमी कभर्डहलमा हुनेछन् ।