जापानले भारतबाट दक्ष प्राविधिक कामदार भित्रयाउने

   ३ बैशाख २०८१, सोमबार १५:२६  

टोकियो, एजेन्सी । जापानी सरकारले भारतबाट दक्ष प्राविधिक कामदारलाई भित्रयाउने तयारीमा जुटेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार, जापान सरकारले भारत बाहेक दक्षिणपूर्वी एसियाबाट दक्ष प्राविधिक कामदारलाई जापानमा भित्रयाउन इच्छुक रहेको हो ।
जापानले नयाँ पाँच वर्षे सम्मको लागि वर्किंग भिसा प्रणाली ल्याएको छ । स्पेसिफाइड स्किल भिसाले कम सीप भएका विदेशी कामदारहरूलाई जापान प्रवेश गर्न र कृषि, नर्सिङ हेरचाह, निर्माण र उत्पादन जस्ता तोकिएका क्षेत्रहरूमा काम गर्न सक्षम बनाउने बताइएको छ ।
श्रोतः फ्रि प्रेस जर्नल

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै