तराई टप संवाददाता
रौतहट, २ असोज । रौतहटको मध्य भागमा गरुडा नगरपालिकामा अवस्थित श्रीराम सुगर मिल्सको आवास क्षेत्रमा चोरीको घटनामा वृद्धि हुदै गएको छ ।
मिल्सको कामदार लगायत अन्य कर्मचारीलाई बस्न बनाइएको आवास क्षेत्रमा अध्यारोको कारण चोरीको घटनामा दिनप्रति दिन वृद्धि हुँदै गएपनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको तर उनीहरुद्धारा वास्ता नगरिएको आरोप बस्दै आएको कामदारहरुले गुनासो गरेको हो ।
श्रीराम सुगर मिल्सको व्यवस्थापन पक्षले निकै घाटा वेहोर्दै आउदा दुई बर्ष अघि चिनीको उत्पादन बन्द गरेर मिल्सलाई विक्री गर्ने तरखरमा रहेको तर कारखानामा कार्यरत कामदारहरुको तलवभत्ता नदिदा उनीहरु आवास क्षेत्रमै बस्दै आएको छ । त्यहाँबाट धपाउन व्यवस्थापन पक्षबाट अनेकौं प्रयास गरिदा उनीहरु नहटेपछि आवास क्षेत्रमा विद्युतको सप्लाई बन्द गराएर उनीहरुलाई अध्यारोमा बस्न विवस पारेको राजदेव सहनीले आरोप लगाए ।
आवास क्षेत्रमा अध्यारो हुँदा तामाको तार, वैट्री, विद्युतिय वायरहरु धमाधम चोरी हुँदै गएपछि इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराउदा समेत कुनै वास्ता नगरिएको उनले भने । तलव भत्ता पाउने आशमा अधिकाँश श्रमिक कामदारहरु अवास क्षेत्रमा बसिरहेको हुँदा जिल्ला प्रशासन कार्यालय रौतहटबाट ठोस रुपमा पहल भई हामीहरुको समस्या समाधान गर्न सहनीले माग गरे ।
व्यवस्थापन पक्ष विना जानकारी मिल्सलाई बन्द गरेर फरार भएपछि सयौं श्रमिक मजदुरहरु वेरोजगार भई यत्रतत्र भौतारिनु पर्ने बाध्यता सृजना गराउने प्रबन्धन पक्ष विरुद्ध कारवाही गरिनुपर्ने बताउँछन् तर उनीहरुलाई जोगाउने कार्य राज्यबाट भईरहदा श्रमिक मजदुरहरुको पिडा सुन्ने कोही भएन अर्का कामदार बैजुलाल महतोले भने ।
व्यवस्थापन पक्ष विना जानकारी मिल्सलाई बन्द गरेर फरार भएपछि सयौं श्रमिक मजदुरहरु वेरोजगार भई यत्रतत्र भौतारिनु पर्ने बाध्यता सृजना गराउने प्रबन्धन पक्ष विरुद्ध कारवाही गरिनुपर्ने बताउँछन् तर उनीहरुलाई जोगाउने कार्य राज्यबाट भईरहदा श्रमिक मजदुरहरुको पिडा सुन्ने कोही भएन अर्का कामदार बैजुलाल महतोले भने ।
उखु उत्पादक संघको अध्यक्ष तथा समाजसेवी अशोक यादवले मिल्समा विशाल ग्रुपको प्रवेश भए संगै मिल्स धारासायी भए । सयौं श्रमिक मजदुर सहित हजारौं किसानहरुको पेटमा लात हानेर फरार भएका श्रीरामको व्यवस्थापन पक्षलाई अबिलम्ब नियन्त्रणमा लिई किसान देखि श्रमिक कामदारलाई तिर्नुपर्ने रकमको भुक्तानी गराउन नेपाल सरकार संग जोडदार रुपमा माग गरे । आवास क्षेत्रमा विजुली सपलाई बन्द गराएर मानविय धर्म विपरित कार्य गरेको कार्य अत्यन्तै निन्दनिय रहेको बताए ।