पाकिस्तानमा सिख व्यक्ति माथि चरम यातना

   ३ बैशाख २०८१, सोमबार १५:४०  

इशलामावाद, एजेन्सी । पाकिस्तानबाट भाइरल भएको भिडियोमा एक सिख समुदायका व्यक्तिलाई नाँङ्गो पारेर निर्मम यातना दिइरहेको छ ।
एक भाइरल भिडियोले वैशाखी हप्तामा पाकिस्तानमा एक सिख व्यक्तिलाई क्रूर आक्रमण गरेको देखाइएको हो ।
कट्टरपन्थी बहुसंख्यक समूहका कथित सदस्यहरूले सिख समुदायका ति व्यक्तिलाई घरबाट बाहिर निकालेर, डोरीले बाँधी निर्ममतापूर्वक चरम कुटपिट गर्दै यातना दिएको घटना मानव अधिकारको क्रुर अलंघन भएको भिडियोको, व्यापक निन्दा भईरहेको छ भने त्यसबाट मानिसहरु निकै आक्रोशित बनिरहेका छन् । उक्त घटनाले पाकिस्तानमा अल्पसंख्यक समुदायका मानिसहरु कति सम्म जोखिममा छन् त्यसलाई रेखांकित गर्दछ, त्यस्ता क्रुर यातना दिने विरुद्ध न्यायको लागि आह्वान गरिएको छ र उनीहरूको सुरक्षाको लागि तत्काल आवश्यक कदम चाल्न पाक सरकार सहित मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्था एवं अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएका छन् ।
श्रोतः न्यूज कर्नाटका

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै