हङकङलाई ८ विकेटले हराउदै नेपाल जितको हैट्रिक लगाए

   ३ बैशाख २०८१, सोमबार १६:०१  

ओमान, ३ वैशाख । एसीसी प्रिमियर कप २०२४ अन्तर्गतको तेश्रो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएका छन् ।
नेपालले लगातार तेश्रो खेलमा विजयी हासिल गर्दै एसीसी प्रिमियर कप २०२४ मा आफनो दबदबा कायम राखेका हुन् । टाँस जितेर हङकङलाई ब्याटिंग का आमन्त्रन गरेका थिए ।
वर्षाको कारण २० बाट १८ ओभरको खेलमा हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । ११५ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका नेपालले १२.२ ओभरमा २ विकेट गुमाउदै ११७ रन बनाएर हङकङलाई ८ विकेटले हराएका हुन् ।
ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन, कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन, रोहित पौडेल २० बलमा ३ चौका सहित २५ रनमा नटआउट रहे भने सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्का सहित १९ रन बनाएर आफनो टिमलाई सजिलो जित दिलाए ।
नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट, ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट, दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट प्राप्त गरेको थियो ।
यसअघि मलेशिया, कतार र आज हङकङलाई हराउदै नेपालले जितको हैट्रिक लगाउन सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै