पाकिस्तानमा दुई अज्ञात व्यक्तिद्वारा सरबजीतका हत्याराको हत्या भएको छ

   ३ बैशाख २०८१, सोमबार १६:१४  

पञ्जाब, एजेन्सी । पाकिस्तानको जेलमा चरम यातना दिएर मारिएका भारतीय नागरिक पञ्जावको तरन तारन जिल्लाका एक किसान थिए सरबजीत सिंह ।
पञ्जाबको तरन तारन जिल्लाका किसान सरबजीत सिंहले सन् १९९० मा मादक पदार्थ सेवन गरेर भूलबस भारतीय सीमा पार गरेर पाक सीमामा प्रवेश गरेपछि उनलाई पाक रेन्जर्सले नियन्त्रणमा लिएका थिए ।
उनलाई पाकिस्तानको सर्वोच्च अदालतले १९९० मा लाहोर र फैसलाबादमा भएको बम विष्फोटको लागि सन् १९९१ मा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।
अप्रिल २०१३ मा, सिंहलाई लाहोर जेलमा अन्य कैदीहरूले आक्रमण गरे र केही दिनपछि उनको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
श्रोतः टाइम्स नाँउ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै