बलुचिस्तानमा आतंकवादी हमला कम्तीमा ११ जनाको हत्या

   ३ बैशाख २०८१, सोमबार १६:४२  

बलूचिस्तान, एजेन्सी । गुडिरहेका बसबाट यात्रुलाई ओरालेर बन्दुकधारी समूहले ११ जनाको हत्या गरेका मिडिया रिपोर्टमा उल्लेखि गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार पाकिस्तानको बलूचिस्तान राज्यमा आतंकबादी हमलामा परेर कम्तीमा ११ जनाको मृत्यु भएको हो । जसमध्ये अधिकाँश बसमा सबार यात्रीहरु रहेका थिए ।
एजेन्सीका अनुसार बलूच आतंकवादी समूहले हमलाको जिम्मेवारी लिएको छ । गुडिरहेको बसबाट बन्दुकधारीहरुले यात्रीलाई जर्बजस्ती उतारेर अपहरण गरेका थिए । पछि ती यात्रीको हत्या गरेर शवलाई पुलमुनि फालिदिएको अवस्थामा भेटिएको थियो ।
अर्को छुट्टै घटनामा सोही सडकमा अन्य दुई जनाको हत्या भएको थियो । डनमा छापिएको खबरका अनुसार हत्याको जिम्मेवारी प्रतिबन्धित सशस्त्र समूह बलूचिस्तान लिबरेशन आर्मीले लिएको जनाइएको छ ।
यो समूहले यस अघि पनि बलूचिस्तान प्रान्तको माच सहर, ग्वादर बन्दरगाह र तूरबतमा बृहत स्तरमा आतंकवादी हमलालाई अंजाम दिइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै