नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बढ्दै गएको लोकप्रियता एवं समृद्ध भारतको योजनाको कारण तेश्रो पटक प्रधानमन्त्री बन्ने योजना पुरा हुने आशा भारतीय जनताहरुमा जागेका छन् ।
भारतीय जनता पार्टीका नेता एवं दुई कार्यकाल १० वर्ष सम्म भारतको प्रधानमन्त्री बनिसकेका मोदी यसपालीको लोकसभा निर्वाचनबाट पनि भारतीय जनता पार्टी (विजेपी) बहुमत दिलाउने योजना पुरा हुने मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
प्रधानमन्त्री मोदीले लोकसभा निर्वाचनको लागि विजेपीको चुनावी संकल्प पत्रलाई सार्वजनिक गर्दै मोदीले ७० वर्ष माथिका जेष्ठ नागरिकको उपचार निशुल्क गरिने घोषणा गरिदै सोको सीमा ५ लाख तोकिएको छ ।
३ करोड गरिब परिवारलाई घर उपहार दिने घोषणा पनि विजेपीले गरेको हो । संकल्प पत्रमा महिला, युवा, गरिब र किसानलाई कायाकलप गर्नका निमित्त सशक्तीकरण जोड दिदै गरिबलाई निशुल्क राशन कार्यक्रम सन् २०२९ सम्म चलाइने प्रतिबद्धता गरिएका छन् ।
मोदीले आफ्नो पार्टीको १० वर्षको शासन कालमा सुरु गरिएका सामाजिक कार्यक्रमलाई विस्तार गर्ने घोषणा पनि गरे । मोदी सरकारले गरिब किसानलाई प्रतिवर्ष ६ हजार भारतीय रुपैयाँ प्रदान गरिरहेको छ ।
सन् २०२७ सम्म भारतको अर्थतन्त्र २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा विजेपीले संकल्प पत्र मार्फत गरेको छ । भारतमा मोदी सरकार आएपछि २५ करोड मानिस गरिबीको चपेटाबाट माथि आइसकेका छन् । भारतमा लोकसभा निर्वाचन यही अप्रिल १९ देखि सुरु हुदैछ ।