रक्षक नै भक्षक भएपछि…….? स्थानीयद्वारा सन्तपुर प्रहरी चौकी घेराउ

   ३ बैशाख २०८१, सोमबार १८:२६  

रौतहट, ३ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सहकारीको चिरान काठ ग्याव गराएको आरोप लगाउदै स्थानीय बासिन्दाहरुद्वारा प्रहरी चौकी घेराउ गरियो ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ८ सन्तपुरमा रहेका प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले सहकारीको चिरान काठलाई ग्याव गरेपछि आक्रोशित बनेका स्थानीय बासिन्दाहरु रक्षक विरुद्ध नै जाइ लागेर प्रहरी चौकी घेराउ गरेका हुन् ।
प्रहरी चौकीका प्रसनी यादवले साझा सहकारी संस्थाको काठ चोरेर फर्निचर बनाएर घर लगेको भन्दै स्थानीयले सोमबार बिहानै चौकी घेराउ गरेका थिए ।
चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक यादवले काठ चोरेर फर्निचर बनाएर घर लगेको स्थानियले आरोप लगाए ।
सन्तपुरको साझा सहकारी संस्था लिमिटेडको भबनमा अस्थायी रुपमा रहँदै आएको प्रहरी चौकी सन्तपुरका प्रहरी सहायक निरीक्षक यादवले संस्थामा रहेको पुरानो काठनै ग्याव गरेर पलगं र किचेन रयाक बनाएर लगेको सोही चन्द्रपुर नगरपालिका वडाध्यक्ष जितेन्द्र चौधरीले आरोप लगाए । प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक पटक उनले आफनो घर पुर्याएको र अन्तिम पटक लैजाने तयारी गरेको समयमा स्थानीयले रोकेपछि प्रसनीको गोरखधन्धा बाहिर सार्वजनिक भएको चौधरीले बताए ।
अबैध असुली धन्धाको आरोप उनीमाथि लाग्दै आएको र माथिल्लो निकायलाई जानकारी गराउदा समेत बेवास्ता हुदै आएको वडाअध्यक्ष चौधरीले बताए । प्रहरी चौकीको भवन निर्माणाधीन अवस्थामा रहेकोले संस्थाले आफ्नो भवनको कोठा अस्थायी रुपमा चौकी सञ्चालनको लागि प्रहरीलाई दिएको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्री राज शर्माले प्रहरी सहायक निरीक्षक यादवले गल्ती गरेको भए कार्वाही हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै