राधेश्याम कुशवाहा
सर्लाही, ४ वैशाख । सर्लाहीको मधुवनी स्वास्थ्य चौकीलाई भारतीय राजदूताबास बाट एम्बुलेन्स प्राप्त भएपछि मधुवनीबासीहरु निकै हर्षित भएका छन् ।
भारतीय राजदूतावासले हरेक बर्ष स्वास्थ्य र शिक्षा क्षेत्रलाई माथि उकास्नका लागि एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरु मार्फत उपलब्ध गराउदै आउने क्रममा गोडैता नगरपालिका वडा नम्वर १२ मधुबनी स्वास्थ्य चौकीलाई उपहार स्वरुप एम्बुलेन्स प्राप्त भएकोमा स्थानीयबासीहरु निकै हर्षित भएका हुन् ।
विगत एक बर्ष देखि वडाध्यक्ष केशव कुमार यादव (गुड्डु) ले गर्दै आएको अथक प्रयास र मेहनतबाट मधुबनी स्वास्थ्य चौकीलाई उपहार स्वरुप एम्बुलेन्स प्राप्त भएकोमा वडाध्यक्ष खुशी व्यक्त गरे ।
एम्बुलेन्सको अभावमा गर्भवती महिला तथा विरामीलाई प्रादेशिक अस्पताल सम्म पुर्याउन मोटरसाइकल सहितका वैकल्पिक साधन प्रयोग गरेर लैजानुपर्ने बाध्यताको अन्त्य भएको वडाध्यक्ष यादवले भने ।