चिनियाँ कम्पनीले कर्मचारीलाई किन दिँदैछ ‘आफूखुशी बिदा’ ?

   ४ बैशाख २०८१, मंगलवार १३:१२  

बेइजिंग, एजेन्सी । आर्थिक मन्दीका कारण चिनियाँ कम्पनीले आफना कर्मचारीलाई आफूखुशी विदा दिईरहदा कर्मचारीहरु तनावमा परेका छन् ।
एक मिडिया रिपोर्टका अनुसार चीनको हेनानमा रहेका रिटेल सुपरमार्केट चेनमा काम गर्ने कर्मचारीहरुलाई आफूखुशी विदा दिएपछि त्यसमा कार्यरत कर्मचारीहरु अनावश्यक तनावमा परेका हुन् ।
चीनमा एक रिटेल टाइकुनले आफ्ना कर्मचारीहरूको लागि काम–जीवन सन्तुलन सुनिश्चित गर्न ’आफूखुशी विदा’ को नयाँ अवधारणा ल्याएपछि कर्मचारीहरु तनावमा परेको बताइएको छ ।
हेनानमा रहेको रिटेल सुपरमार्केट चेन, पाङ डोङ लाइले आफ्ना कर्मचारीहरूका लागि ’व्यवस्थापनद्वारा अस्वीकार गर्ने कुनै नीति छैन’ भनी ‘Unhappy Leaves’ अवधारणा घोषणा गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चीनमा उत्पन्न भईरहेको आर्थिक मन्दीका शिकार निजी क्षेत्रमा संचालित यस्ता कम्पनीहरुको अवस्था नाजुक हुँदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै