विश्वको सबैभन्दा ठूलो लोकतन्त्र र महत्वपूर्ण रणनीतिक साझेदार भारत होः अमेरिका

   ४ बैशाख २०८१, मंगलवार १३:२३  

वासिंग्टन, एजेन्सी । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् की, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र र महत्वपूर्ण रणनीतिक साझेदार भारत रहेको बताए ।
मिडिया रिपोर्टका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारत अमेरिकाको “अत्यन्तै महत्वपूर्ण साझेदार” रहेको बताएको हो ।
मैले भनेको नै सत्य रहेको दाबी गर्दै आउने दिनमा विश्वका अन्य मुलुकहरु पनि भारत ठूलो लोकतान्त्रिक देश रहेको महसुस गर्ने छन् । यस्तै अमेरिकी रक्षा विभागका एक शीर्ष गुप्तचर अधिकारीले भारतले आफूलाई विश्वव्यापी नेता एवं लिडरसीप गर्ने क्षमता भएको नेताको रुपमा प्रस्तुत गरिसकेको समेत टिप्पणी गरिएका छन् ।
श्रोतः न्यूज १८

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै