धुमधामको साथ मनाइएको बाबा विश्वकर्माको मुर्ती सेलाईयो

   २ आश्विन २०७८, शनिबार १८:३१  

तराई टप संवाददाता
रौतहट, २ असोज । रौतहट जिल्लामा हर्षौउल्लासको साथ विश्वकर्मा पुजा मनाएर शनिवार पायक पर्ने नजिकैको जलाशयमा मुर्ती सेलाएका छन् ।
जिल्लाको सदरमुकाम सहित प्राय ः सबै पालिकाको विभिन्न स्थानहरुमा स्थानीय बासिन्दाहरुले शुक्रबार विश्वकर्मा पुजा धुमधामका साथ मनाएका थिए । आज विश्वकर्मा बाबाको मुर्तिहरु पायक पर्ने नजिकैको पोखरी, नहर, खोला तथा अन्य जलाशयमा लगेर सेलाएका हुन् ।
मूर्ति बिर्सजनका क्रममा अघिल्ला वर्षहरुमा भएका अप्रिय घटनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै