मेची महाकाली बुहारी संयुक्त आवाजको मधेश प्रदेशको संयोजकमा काफ्ले चयन

   ४ बैशाख २०८१, मंगलवार १४:३३  

सर्लाही, ४ वैशाख । मेची महाकाली बुहारी संयुक्त आवाजको मधेश प्रदेशका संयोजकमा रम्भाकुमारी काफ्लेलाई जिम्मेवारी दिइएको छ ।
मेची महाकाली बुहारी आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तीमा मधेश प्रदेशका सह संयोजकको भूमिकामा रहनु भएकी रम्भाकुमारीलाई थप जिम्मेवारी दिदै संयोजक बनाइएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, नेतृत्वदायी भूमिका निर्वाह गर्दै संस्थाको गति र गरिमालाई नयाँ उचाईमा पुर्याउन विश्वास संस्थाले ठहर गरेको छ । मधेश प्रदेशका जिल्लाहरुमा संयोजकको भूमिकामा रहेर सौहादपूर्ण रुपमा सबैको भावनालाई समेटेर अघि बढ्ने अपेक्षा गर्दै रम्भालाई संयोजक बनाइएको जारी विज्ञप्तीमा उल्लेख गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै