एजेन्टको सेटिंगमा गैर कानुनी कार्यको अखाडामा परिणत हुँदै गौर भन्सार कार्यालय

72 Shares

गौर भन्सारबाट निकालेर भण्डारण गौर नपा १ रामजानकी धर्मशालाको पूर्वमा रहेका दालमिल परिसरमा भण्डारण गरिएका दुई पाँग्रे सवारी साधनलाई मालबाहक ट्रकमा लोड गरेर अन्यत्र सारिदै ।

तराई टप न्यूज डेस्क
रौतहट, ४ वैशाख । केही एजेन्टको इशारामा गौर भन्सार कार्यालय गैरकानुनी कार्य गर्नेहरुको अखाडामा परिणत हुँदै गएका छन् ।
पछिल्ला समयमा गौर भन्सार कार्यालयबाट भएका केही संदिग्ध कारोबारका कारण उक्त गैरकानुनी कार्यको अखाडामा परिणत हुँदै गएको रहस्य खुलेका हुन् ।
स्क्रेप लिलामी प्रकरण होस चाहे श्रोत नखुल्न नसकेको हुण्डीको रकम होस सबै कार्यमा एउटै एजेन्टले भन्सार कर्मचारीको सेटिंगमा गैरकानुनी कार्य गर्दै आफना गोरखधन्धा जारी राखेको श्रोतले बतायो ।
यस्तै गतिविधिका कारण रौतहटमा एउटा ठेगो छ, “जे न करे बाबु भैया, से करे रुपैया” लाई शतप्रतिशत चरितार्थ गर्दै ति एजेन्ट कर्मचारीको सेटिंगमा गोरखधन्धा जारी राख्दै नेपाल सरकारलाई आर्थिक रुपमा नोक्सानी पुर्याउदै आएपनि सम्बध निकाय कानमा तेल हालेर मस्त निन्द्रामा सुतेको ति श्रोतले गम्भीर आरोप लगाए ।
स्क्रेपमा लिलामी सरकार गरेका न्यु विश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख मूल्य राखेर शिलबन्दी बोलपत्र समिट गराएर ठेक्का सकार गरेको थियो । तर ति स्क्रेपमा लिलाम सकार गरेका सवारी साधनलाई भन्सार कर्मचारीको रोहवरमा ग्यास कटरबाट इंजन र च्याचिसलाई काटेर लैजानुपर्ने प्रावधान रहेपनि दुई÷चार दुई पाँग्रे सवारीको इंजनमा होल बनाएर बाकी ११ सय भन्दा बढि दुई पाँग्रे त्यसै भन्सारबाट बाहिर निकाल्न सफल भए ।
त्यतीमात्रै नभई चार पाँग्रे सवारीसाधनलाई पनि त्यसरी नै त्यहाँबाट निकाले । उक्त गैरकानुनी कार्यमा भन्सार प्रमुख देखि लिएर कर्मचारीहरु सबैलाई आर्थिक लाभ गराइएको ति श्रोतले दाबी गरे ।
न्यु विश्वास ट्रेडर्स जनकपुरधामको फर्मबाट स्थानीय एजेन्ट कौशल साहले भन्सार संग समन्वय गरेर निर्वाध रुपमा गैर कानुनी रुपमा निकालिएका सवारी साधन कतिपय भारतमा गुडिरहेका छन् भने कतिपय नेपाली सडकमा गुडिरहेको छ । स्थानीय एक वर्क सपमा सामान्य मर्मत गराएर सम्बध धनीलाई कागजातको आधारमा चर्को रकम लिएर विक्री गर्ने कार्य जारी राखेपनि सम्बध निकाय चुप लागेका छन् ।
यस्तै तिन दिन अघि नेपाल प्रहरीले गौर नपा १ बाट श्रोत नखुलेका ११ लाख १५ हजार सात सय सहित विरेन्द्र जयसवालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा श्रोत खुलाउन नसकेपछि हुण्डी कारोवारको रकम हुन सक्ने भन्दै आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएपछि हिजो सोमवार उक्त रकम हाम्रो हो भन्दै ति एजेन्ट साहले सकार गरेर लगेपछि अबैध एवं जस्तो पनि गैर कानुनी कार्यको थलो भन्सार कार्यालय बन्दै गएको ति श्रोतले भने ।
गौर नपा १ का जयसवाल लाई अनुसन्धान गर्दा दैनिक ३० लाख रुपैया गौर स्थित कृषि विकास बैंक सहित एउटा अन्य बैंकमा राख्ने गरेको बुझिएको छ । ठूलो रकम जम्मा गराउदा प्रति लाख ५० देखि एक सय रुपैया बैंक कर्मचारीले लिन गरेको हुँदा हुँण्डी कारोवारलाई बैंकहरु पनि संरक्षण दिदै आएको ति श्रोतले दाबी गर्दै सम्बध निकाय जागरुक नभए सम्म गौर अहिले अबैध कार्य गर्नेहरुको आश्रय स्थलको रुपमा परिणत हुँदै गएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।