रौतहट, ४ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले काठ विक्री गरेर आर्थिक अनियमितता गरेको आरोप स्थानीयले लगाएका छन् ।
चन्द्रपुर नपा वडा नम्वर ८ सन्तपुरमा रहेका प्रहरी चौकीमा कार्यरत प्रसनी यादवले सामुदायिक संस्थाको चिरान काठ विक्री गरेर आर्थिक अनियमितता गर्नुका साथै अन्य काठबाट फार्निचर बनाएर वीरगञ्ज स्थित घरमा लगेको गम्भीर आरोप लगाउदै स्थानीय बासिन्दाहरुले सोमवार प्रहरी चौकी घेराउ गरेका थिए ।
सहकारीको काठ अबचलन गरेको आरोप लागेपछि यादव विरुद्ध छानविन गर्न उनको जिम्मेवारीबाट हटाएर जिल्लामा तानेर अनुसन्धान सुरु गरिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरको मातहत रहेको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रसनि यादवले साझा सहकारी संस्था लिमिटेडको पुरानो भवन भत्काएर राखेको काठ हिनामिना गरेको आरोप लगाउँदै स्थानीयले छानविनको माग गरेका थिए ।
प्रसनी माथि सर्वसाधारण संग अबैध असुलीको गम्भीर आरोप लागेको छ । असई यादवले तरकारी ब्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको स्थानीयको आरोप छ ।
असई यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक÷पटक आफ्नो घर लगेको र अन्तिम पटक लैजाने तयारी गरेको बेला स्थानीयले रोकेपछि घटना सार्वजनिक भएको चन्द्रपुर नगरपालिका– ८ का अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।
असई यादवले भने आफूले राम्रो काम गरेपछि विभिन्न लान्छाना लगाउने काम भएको बताए । मैले फर्निचर बनाएर घर लगकै हो । तर साझा संस्थाको काठबाट फर्निचर बनाएको होइन,उनले भने । अन्तैबाट काठ किनेर फर्निचर बनाएको हुँ, काठ चोरेर बेचेको छैन । कसैलाई दुख दिएको पनि छैन उनले भने ।
छानविन समिति गठन
पटक–पटक विवादमा परेका असई यादवलाई जिम्मेवारी मुक्त गरी छानविन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् । इप्रका चन्द्रपुरका प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको तथा उक्त समितिले छानविन एवं अनुसन्धानको काम सुरु गरिसकेको डिएसपी गिरीले भनिन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन